फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले आगामी साता गर्ने चीन भ्रमणको तयारीतीब्र रुपमा भइरहेको छ

(GMT+08:00) 2009-12-22 19:16:41

         प्रधानमन्त्री माधवकुमार नेपालले अगामी सातादेखि गर्ने चीन भ्रमणको तयारी तीब्ररुपले अगाडि बढाउनु भएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भटराईले सि.आर.आई.सँग कुरा गर्दै प्रधानमन्त्री नेपालको चीन भ्रमण ऐतिहासिक हुनेबताउनुभयो । नेपाललाई प्राप्त हुँदै आएको चिनियाँ सहयोग क्रमश: वृद्धि हुँदैगएको बताउँदै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणले चिनियाँ सहयोग थप वृद्धि हुनेआशा प्रकट गर्नुभयो ।

         प्रधानमन्त्री नेपाल कोपेनहेगेनमा सम्पन्न विश्व जलवायु सम्मेलनमा भाग लिएर हिजोआइतबार स्वदेश फर्कनु भएको हो । प्रधानमन्त्री नेपाल आगामी शनिबार नेपालको अशलछिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा नेपालमा चिनियाँ लगानी भित्र्याउने विषयमा मूलरुपमा कुरा हुने सल्लाहकार भटराईले बताउनुभयो ।

         नेपालले विभिन्न समयमा उठाउँदैआएको मझौला तथा ठूला जलविद्युत उत्पादनमा चिनियाँ सहयोगको कुरालाईप्रधानमन्त्रीको यो भ्रमणमा पनि नेपालले उठाउने छ । त्यसैगरी दुई पक्षीय व्यापार,विकासका पूर्वाधारमा चिनियाँ सहयोग, लगायतका विषयमा पनि कुराकानी हुनेछ । केही समय अगाडि मात्र नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले गरेकोसहयोगलाई प्रशंसा गर्दै नेपालले चीनसँग नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनिबन्दोवस्तीका सामग्री उपलब्ध गराउन अनुरोध गर्ने भएको छ ।

         प्रधानमन्त्री माधवकुमारनेपाल राजनीतिक नेता, कुटनीतिज्ञ तथा चीन विशेषज्ञहरुसँग आसन्न चीन भ्रमणकोबारेमा छलफल गरिरहनु भएको भटराईले बताउनुभयो ।

         चेतनाथ आचार्य

        सि.आर.आई.

        काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह