फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलविद्युत र राजमार्ग विकासलाई चिनियाँ सहयोग जुटाउनु नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले चीन भ्रमणको प्राथमिक एजेण्डामा राख्नुभएको छ

(GMT+08:00) 2009-12-23 17:13:05

        चीन भ्रमणमा प्रधानमन्त्री माधवकुमार नेपालले जलविद्युत आयोजना र मध्य पहाडीराजमार्ग निर्माणमा चिनियाँ सहयोगलाई प्राथमिकतामा राख्नु भएको छ ।

        जाजरकोटस्थित 4 सय मेगावाटको नलस्याउगाड जलविद्युत आयोजना र मध्यपहाडी राजमार्गनिर्माणका लागि सहुलियतदरमा ऋण वा अनुदान उपलब्ध गराउने भ्रमणको प्रमुख एजेण्डाहुने उर्जामन्त्री डा. प्रकाशशरण महतले सि.आर.आई.लाई जनाउनु भएको छ ।

       सहयोगको ढाँचा र आयोजनाबारे विस्तृत गृहकार्य भइरहेको छ । प्रधानमन्त्रीनेपालले चीन भ्रमणको समयमा नेपालले सदैव एक चीनको नीतिलाई समर्थन गरेकोजनाउँदै नेपालको भूमि प्रयोग गरेर हुने चीन विरोधी गतिविधिलाई निस्तेजबनाउने कुरालाई प्रतिवद्धता स्वरुप उठाउनु हुनेछ ।

        नेपालले भोगिरहेको उर्जा संकट र मध्यपहाडी क्षेत्रको यातायात समस्याले देशविकासलाई अवरोध तुल्याएको बताउँदै यी दुई क्षेत्रको बिकास गराउन चिनियाँसहयोगले मेरुदण्डको काम गर्ने मन्त्री महतले बताउनुभयो । पूर्वमा पाँचथरकोच्याङ्गथापुदेखि पश्चिममा वैतडीको झुलाघाटसम्म मध्य पहाडी राजमार्गको निर्माणमाचिनियाँ सहयोगको अपेक्षा सरकारले गरेको हो ।

        चेतनाथ आचार्य

        सि.आर.आई.

        काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह