फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सांग्रिला जिल्लामा "नम्बर एक गाउँ" को नाउँबाट प्रशिद्ध श्या कै गाउँका बासिन्दाहरुको नयाँ जीवन 3

(GMT+08:00) 2010-01-11 10:36:41

             पहिले श्या कै गाउँ करु बाली र तोरी साग लगाउने, चौंरी गाई पाल्ने र जंगली च्याउ छिप्ने जस्ता परम्परागत कृषि र पशुपालन व्यवसायमा मात्र भर पर्दथ्यो। त्यसवेला प्रकृतिमा मात्र भर परेर दिन काटिन्थ्यो। त्यसैले गाउंलेहरुको दिनचर्या निकै कठिन र दुखपूर्ण थियो।

             सुधार र खुलापनकै हाराहारीमा सांग्रिला क्षेत्रको पर्यटन कार्य दिन पर दिन ततातो हुँदै आएको साथसाथै श्या कै गाउँ पनि पर्यटन सेवामार्फत सम्पन्न जीवन बिताउने बाटोमा उत्रन थालेको छ।

           सरकारको आड र समर्थन पाएर यस गाउँका बूढा पुस्ताका कलाकारहरु, कुँदाई कालिगडहरु र थाङखाका चित्रकारीहरुले आ-आफ्ना चेलालाई भित्र्याएर सिकाउने गर्दछन। यसका साथै हामीले आफ्नो गाउँका बासिन्दाहरुलाई तालिम दिन अरु ठाउँबाट दक्ष व्यक्तिहरुलाई निम्त्याएका छौं।

            हामीले काष्ठ वस्तु, चौ‍री गाईको हाडको कुँदाई, थाङखा चित्र, चाँदीका गहना र तिब्बती धूपको ज्यासल खोलेका छौं। गाउँलेहरुले आ-आफ्नो निजी विशेषताका आधारमा एक-एकवटा तिब्बती परम्परागत कलात्मक वस्तु पसल खोलेका छन। उनीहरुले हातले बनाएको चोखो तिब्बती कलात्मक वस्तुले सांग्रिलामा यात्रा गर्न आएको प्रत्येक पर्यटकलाई लोभ्याएको छ। खेतीपातीको मेलोमेसोको व्यस्त समयमा सबै गाउँलेहरु खेती गर्न जान्छन। तर खेतीको काममा व्यस्त नभएको वेलामा उनीहरु पसलमा हस्त कलात्मक वस्तु बनाउने काममा लाग्छन। अहिले समस्त गाउँका बाइसवटा परिवारको आमदानी ठूलो मात्रामा बढेको पाइयो र सबै गाउँलेहरुले सुखमय सम्पन्न जीवन बिताइरहेका छन।

               पैतालीस वर्षीय गाउँले सुननो वाँगतुइ आफ्नो पसलमा तिब्बती धूप बनाउनमा व्यस्त छन। तिब्बती धूप चाहिं तिब्बती औषधीको प्रयोग गरी बनाइएको शुद्ध प्राकृतिक सुगन्धीत पदार्थ हो। त्यसको विशेष मीठो बास्ना र औषधीको भूमिकाले गर्दा मानिसहरुलाई बढी मन परेको छ। तीन वर्षअघि सुननो वाँगतुइले तिब्बती धूप बनाउन सिक्न थालेका थिए। अनि त्यसपछि एउटा तिब्बती धूप पसल पनि खोलेका थिए। खेतीपातीको मेलोमेसोमा व्यस्त नभएको वेलामा उनले पसलमा तिब्बती धूप बनाउने गर्छन। खेतीबाट प्राप्त आर्जनसमेत गरी उनको आय दिन पर दिन बृद्धि हुँदै आएको छ।

              सिंगापुरबाट त्यहाँ यात्रा गर्न आएकी सुश्री चंगले श्या कै गाउँमा धेरै समय घुमेकी थिइन र त्यहाँका धेरै चीज उनले पहिलो पटक देखेकी थिइन। त्यसैले उनलाई एकदमै मजा र रमाइलो लाग्यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह