फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीले गर्ने आसन्न चीन भ्रमणका बारेमा एक छलफल कार्यक्रमकोआयोजना भएको छ

(GMT+08:00) 2009-12-24 19:22:09
        प्रधानमन्त्री माधवकुमार नेपालको आगामी शनिबारदेखि हुने चीन भ्रमणको बारेमा एकछलफल कार्यक्रमको आयोजना भएको छ । हिजो मंगलबार काठमाडौँमा प्रधानमन्त्रीनेपालले सरोकारवाल मन्त्रीहरुसँग सो विषयमा छलफल गर्नु भएको हो ।

        प्रधानमन्त्री नेपालले चीन भ्रमणका क्रममा चीन सरकारसँग नेपालको पूर्वाधार विकास,जलस्रोत र पर्यटनमा लगानी बढाउने विषयमा प्राथमिकता साथ छलफल गरिएको नेपालसरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले बताउनुभयो ।

        मन्त्रीपोखरेलका अनुसार अप्टिकल फाइबर, सडक र रेलवे विकासमा चिनियाँ सहयोगकोअपेक्षा गरी चिनियाँ पक्षसामु एजेण्डा पेश गर्ने तयारी गरिएको छ । त्यस्तै पर्यटनक्षेत्रको विकासका लागि नेपालले भैरवहा वा पोखरामा अन्तर्राष्टि्रय विमानस्थलनिर्माणमा सहयोगका लागि चीन सरकारको ध्यानाकर्षण गराउने छ ।प्रधानमन्त्री र मन्त्रीहरुबीच थप नाका खोल्ने, बाटो तथा सीमा क्षेत्रमा हुने सुरक्षाकाविषयमा पनि छलफल भएको छ ।

        भ्रमणका क्रममा नेपालको राजनीतिक अवस्था र त्यसमाराष्ट्रसंघको भूमिकाका बारेमा पनि छलफल हुनेछ । चीन भ्रमणका क्रममा नेपाललाईदिने भनिएको सहुलियत ऋण र काठमाडौँ ट्राफिक चाप नियन्त्रणका लागि निर्माणगरिने फ्लाई ओभर सडकको पनि छलफल हुनेछ ।

        प्रधानमन्त्री माधवकुमार नेपाललेचीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री वान च्यापाओ र राष्ट्राध्यक्ष हुचिनथाओसँग भेटवार्ता गर्नुहुनेछ ।

        चेतनाथ आचार्य

        सि.आर.आई.

         काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह