फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालुवर्ष चीनको रोजगारीको अवस्था अनुमानभन्दा राम्रो

(GMT+08:00) 2009-12-25 19:32:10
         हिजो चीनको राज्य परिषद्ले चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिसमक्ष रोजगारी बढाउने तथा पुन:रोजगारीसम्बन्धी कार्य प्रतिबेदन पेश गर्‍यो। सो प्रतिबेदनअनुसार, चालुवर्षदेखि स्थिरता तथा रोजगारीको विस्तारसम्बन्धी चीनका अनेकन नीतिलाई प्रभावकारी रुपमा व्यवहारमा उतारिएको, रोजगारीको अवस्था आधारभूत रुपमा स्थिर रहेको तथा रोजगारीको अवस्था अनुमानभन्दा राम्रो रहेको देखिन्छ। अब यस विषय लिएर एउटा विस्तृत विवरण सुन्नुहोस्।

          चिनियाँ समाजमा एउटा समूहलाई झन् झन् बढी ध्यान दिइएको छ। तिनीहरु "कमिला जाति" कहलिएका छन्। "कमिला जाति" भन्ने शव्दका आविश्कारक अर्थात "कमिला जाति—विश्व विद्यालयबाट स्नातक भएका विद्यार्थी बसोबास गर्ने गाउँको बयान"का लेखक लेन सिले निम्न कुरामार्फत "कमिला जाति"को वर्तमान अवस्थाबारे बयान गर्नुभयो।  

          वास्तवमा "कमिला जाति"को बैज्ञानिक नाउँ विश्व विद्यालयबाट स्नातक भएका कम आम्दानी भएका विद्यार्थीहरुबाट गठित समूह हो। "कमिला जाति"को प्रतिमहिनाको सरदर आम्दानी एक हजार नौ सय छपन्न चिनियाँ युआन छ। यसका साथै उनीहरुको प्रतिमहिना सरदर खर्च एक हजार पाँच सय चिनियाँ युआन रहेको छ। त्यही भएर एक महिनामा उनीहरुको बचत कम रहेको छ। उनीहरु बसोबास गर्ने वातावरण तुलनात्मक रुपमा निम्नस्तरको छ। उनीहरु मुख्य त हरेक व्यक्तिका लागि दश वर्गमिटरभन्दा पनि कम क्षेत्रफलको कोठामा बसोबास गर्छन्।

         "कमिला जाति"को कठिनाइले चिनियाँ समाजमा दिन-प्रतिदिन गम्भीर हुँदै आएको रोजगारी समस्या प्रतिबिम्बित गरेको छ। हाल रोजगारी चिनियाँ समाजले सामना गर्नुपर्ने कठीन समस्या हुँदै आएको छ। विशेष गरी गतवर्षदेखि अमेरिकाको उप-ऋणबाट उत्पन्न अन्तर्राष्ट्रिय बैंकिंग संकटले चीनको आर्थिक विकासमा गम्भिर असर पार्नुका साथै चीनको रोजगारीमा ठूलो प्रहार गरेको थियो। चीनका शहरहरुमा दर्ता गरिएको बेरोजगारीको दर गत वर्षको चौथो त्रैमासिक अवधिदेखि सून्य दशमलब तीन प्रतिशतले बढेर चार दशमलब तीन प्रतिशत पुगेको थियो। दर्ता गरिएका बेरोजगारको संख्या पहिलो पटक नब्बे लाख नाघेर एकान्नव्बे लाख पचास हजार पुगेको थियो।

           अन्तर्राष्ट्रिय बैंकिंग संकटद्वारा रोजगारीमा ल्याइएको असरलाई लक्षित गरी चीन सरकारले अनेकन सक्रिय कदम चालेर रोजगारीलाई अरु महत्वपूर्ण स्थानमा राखेको छ। ती कदमहरुमध्ये आन्तरिक मागबमोजिम आर्थिक विकास गर्नु, व्यवसायको झण्झटलाई कटौति गर्नु, स्वतन्त्र रुपमा आफ्नो व्यवसाय खोल्न प्रोत्साहन दिनु, विश्वविद्यालयबाट स्नातक भएकाहरु तथा किसान मजदूरहरुलगायत महत्वपूर्ण समूहलाई लक्षित गरी रोजगारी मिलाउनु, पेशागत तालिमको धुमधामसँग विकास गरी श्रम शक्तिको गुणस्तर माथि उकास्नु समावेश छन्। रोजगारीका लागि अरु सक्रिय नीति तर्जुमा गर्नुका साथै चिनियाँ अर्थ मन्त्रालयले अरु बढी लगानी गरेको छ। चालू वर्ष चीनले रोजगारीका लागि बयालीस अर्ब चिनियाँ युआनको लगानी गरेको छ, यो गत वर्षको तुलनामा छयसट्ठी दशमलब सात प्रतिशत बढी हो।

             ती कदमहरुमार्फत रोजगारीलाई स्थिर पार्न चीनको प्रयासमा प्रारम्भिक उपलव्धि हासिल भएको छ। रोजगारीका लागि कठिन भएकाहरुको अवस्था क्रमश: सुधार हुँदै आएको छ। हिजो चिनियाँ जनश्रोत तथा सामाजिक प्रत्याभूत मन्त्री यीन वै मिनले राज्य परिषद्को आदेशमा चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिसमक्ष चालुवर्षदेखि रोजगारी तथा पुन:रोजगारीको अवस्था सुनाउनुभयो। श्री यीन वै मिनले चीनको वर्तमान रोजगारीको अवस्था प्रोत्साहित रहेको कुरा वताउनुभयो। उहाँले भन्नुभयो,

           चालुवर्षदेखि रोजगारी विस्तार गर्नका लागि चालिएका अनेकन कदमहरुलाई प्रभावकारी रुपमा व्यवहारमा उतारिएको छ। रोजगारीको अवस्था आधारभूत रुपमा स्थिर रहेर अनुमानभन्दा राम्रो देखिन्छ। विश्वमा रोजगारीको संकट देखापरेको पृष्ठभूमिमा हामीले रोजगारीको स्थिरताको निरन्तरता गरेका कुरा धेरै अपठ्यारो छ।

            सो प्रतिबेदनका अनुसार, बैंकिङ्ग संकटद्वारा ल्याइएको असरको निरन्तरता भइरहेको छ। रोजगारीलाई स्थिर पार्ने आधार बलियो छैन, श्रमिक शक्तिको बजारमा आपूर्तिभन्दा आवश्यक माग निकै कम छ, रोजगारीका लागि संरचनाको बनौटसम्बन्धी अन्तर्विरोध अझ टड्कारो छ। सो प्रतिबेदनको अन्त्यमा रोजगारी बढाउन चीनको भावी प्रयासबारे जानकारी दिइएको छ। श्री यीन वै मिनले भन्नुभयो,

          रोजगारी विस्तार गर्नु तथा रोजगारीलाई स्थिर पार्नु सँगै गर्नुपर्ने कार्य हो। आन्तरिक माग विस्तार गर्ने तथा रोजगारी बढाउने कुरालाई आपसमा गाँस्नुपर्ने हुन्छ। रोजगारीसम्बन्धी सेवालाई सबल पारी रोजगारीको अवस्थाको आधारभूत स्थिरतालाई कायम राख्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह