फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीद्बारा आफ्नो चीन भ्रमणबाट अवश्य नै नेपाल चीनबीचको परम्परागत मित्रतालाई अरु सुदृढ हुँदै जाने विचार व्यक्त

(GMT+08:00) 2009-12-26 20:38:29
        चीनका प्रधानमन्त्री वन च्या पाउको निमन्त्रणामा नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले डिसेम्बर छब्बीसदेखि एकतीस तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। श्री नेपालले प्रधानमन्त्रीको पद सम्हाल्नुभएपछि गर्नुहुने यो पहिलो औपचारिक चीन भ्रमण हो। भ्रमण गर्न लाग्नुभएको पूर्वसन्ध्यामा उहाँले कुराकानी गर्दै आफ्नो चीन भ्रमणबाट अवश्य नै नेपाल चीनबीचको परम्परागत मित्रता अरु सुदृढ हुँदै जाने कुरामा आफू विश्वस्त भएको कुरा बताउनुभयो।

         डिसेम्बर चौबीस तारिख प्रधानमन्त्री नेपालले काठमाडौंमा कुराकानी गर्दै भन्नुभयो- चीनको मैत्रीपूर्ण असल छिमेकी मुलुकको नाताले नेपालले चीनको विकासमा प्राप्त भएका आश्चर्यजनक उपलव्धिलाई सहर्ष देखिसकेको छ र यसका साथै नेपालले पनि चीनको विकासबाट लाभ पाइरहेको छ। विगत वर्षहरुमा चीनले नेपालको विकासका लागि दिने गरेको सहयोगका लागि धन्यावद व्यक्त गर्दै प्रधानमन्त्री नेपालले आफ्नो चीन भ्रमणबाट अवश्य नै नेपाल चीनबीचको परम्परागत मित्रता अरु सुदृढ हुँदै जाने र आपसी सम्बन्ध निरन्तर रुपमा अगाडि विकसित हुँदै जाने कुरामा विश्वाश लिनुभएको छ। नेपाल सरकारले दृढताका साथ निरन्तर रुपमा एक चीनको नीतिलाई अवलम्बन गर्दै कुनै पनि शक्तिलाई नेपालको भूभागमा कुनै पनि चीनविरोधी गतिविधि गर्ने छुट कदापि नदिने कुरालाई प्रधानमन्त्री नेपालले दोहोर्‍याउँनुभएको छ।

          प्रधानमन्त्री माधवकुमार नेपालको चीन भ्रमण तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाबाट शुरु हुनेछ। भ्रमणको कार्यसूचीमा शी आन, शाँग हाई र पैचिंग पनि समावेश हुनेछन्। नेपाल चीनको मैत्रीपूर्ण असल छिमेकी मुलुक रहिआएको छ। दुवै मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध प्राचीन कालदेखि रहिआएको छ। तर नेपालका राष्ट्रिय नेतागणले चीनको भ्रमण गर्नुभएको इतिहासमा तिब्बतको ल्हासाबाट आफ्नो चीन भ्रमण शुरु हुने यो पहिलो कुरा हो। नेपाल चीनको तिब्बतसित जोडिएको मुलुक हो। दुवैबीच आर्थिक, साँस्कृतिक र धार्मिक आदि विभिन्न क्षेत्रहरुमा घनिष्ठ ऐतिहासिक सम्पर्क कायम रहिआएको छ। आर्थिक क्षेत्रमा विगत धेरै वर्षदेखि यता नेपालले तिब्बतसित बारम्बार सीमा व्यापार गर्दै आएको हुँदा तिब्बतसितको सहयोगलाई विस्तार गर्नु चीन र नेपाल दुवैका लागि हितकर हुनेछ।

          क्षेत्रीय सुरक्षाको पक्षमा नेपाल तिब्बत पृथक शक्ति अड्ने ठाउँ र गतिविधि चलाउने इलाका बन्न चीन देख्न चाहँदैन। साथै नेपालले पनि तिब्बत पृथक शक्ति नेपालमा पसेबाट स्वदेशी परिस्थितिमा असर पर्न र चीनसितको मैत्रीपूर्ण सम्बन्धमा बन्चरो हानेको देख्न चाहँदैन। नेपालको भूभागको दुरुपयोग गर्दै चीनलाई टुक्र्याउन खोज्ने छुट कुनै पनि व्यक्तिलाई नदिने सम्बन्धमा विगत प्रत्येक सरकारले कडा र स्पष्ट अडान लिँदै आएको छ। सन् 2008 को मार्च चौध तारिखका दिन तिब्बतमा गराइएको कुटपीट, तोडफोड, लुटपाट र आगो जलाइ काण्डका साथसाथै‍ नेपालमा निर्वासित तिब्बतीहरुले धेरै पटक विरोधी जुलूस प्रदर्शन गरेका थिए। नेपाली प्रहरी पक्षले यस्ता गतिविधिमाथे कडाइका साथ हस्तक्षेप गरेको थियो। सन् 2008 को मे महिनापछि श्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको पदमा बस्नुभएको अवधिमा नेपाल सरकारले चीनको ओलिम्पिक ज्योति रिले कार्यक्रमलाई विगार्न दुष्प्रयास गरेका केही तिब्बती पृथक शक्तिमाथि दरो गरी रोकेको थियो। साथै नेपालमा गएर कथित् स्वतन्त्र तिब्बतसम्बन्धी कर्तुतमा संलग्न रहेका तिब्बती स्वतन्त्र पक्षधर तत्वहरुलाई देश निकाला गरेको थियो। प्रचण्ड सरकारको कार्यकलापको विश्वका शान्तिप्रेमी न्यायपूर्ण व्यक्तिहरुको सर्वव्यापी रुपमा प्रशंसा गरेका छन्।

          विगत एकदुइ वर्षदेखि नेपालको राजनैतिक मञ्चमा गहन हेरफेर आएको देखिन्छ। 2008 सालमा भएको संविधान-सभाको निर्वाचनपछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको स्थापना भएको छ। एकीकृत ने क पा माओवादी नेपालको पहिलो ठूलो राजनीतिक पार्टी बनेको छ। यसका नेता प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बन्नुभयो। श्री प्रचण्डले राजीनामा दिनुभएपछि ने क पा ए मालेका माधवकुमार नेपालले प्रधानमन्त्रीको पद सम्हालेर नयाँ संयु्क्त सरकारको नेतृत्व गर्दै हुनुहुन्छ।

          विगत धेरै वर्षदेखि यता चीनले नेपालको आर्थिक विकासमा बढी सहायता प्रदान गर्दै आएको छ। यसका साथै चीनले नेपालको आन्तरिक मामिलाको सन्दर्भमा कहिल्यै पनि हस्तक्षेप नगर्ने अडान लिँदै आएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले प्रधानमन्त्री नेपालको चीन भ्रमणले चीन-नेपालबीचको सम्बन्धलाई निरन्तर रुपमा अगाडि बढाउँदै लैजान सक्ने अपेक्षा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह