फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीले तिब्बत र ताइथानलाई चीनका अभिन्न भूमि मान्दै चीनकोप्रगतिमा नेपाल खुशी भएको बताउनुभएको छ

(GMT+08:00) 2009-12-28 18:37:55

       प्रधानमन्त्री माधवकुमार नेपालले भोलि शनिबारदेखि गर्ने चीनभ्रमणबाट दुईदेशबीचको सम्बन्ध विस्तार र एसियामा शान्ति तथा स्थायित्वका लागि टेवा पुग्ने बताउनुभएको छ ।

        सुरेश कार्किद्बारा लिखित बदलिँदो सन्दर्भमा नेपाल र चीन सम्बन्ध विषयक पुस्तककोविमोचनका अवसरमा प्रधानमन्त्री नेपालले हिजो बिहीबार सो कुरा व्यक्त गर्नु भएकोहो । प्रधानमन्त्री नेपालले चीन नेपालको असल छिमेकी भएको र चीनले हसिल गरेकोप्रगतिबाट नेपाललाई खुशी लागेको पनि स्पष्ट पार्नुभयो । उहाँको कथन थियोहरुयाँ चीनले विश्वलाई आश्चर्यचकित बनाउने गरी गरेको विकासबाट नेपालले पनिसिक्नुपर्नेछ । हामी चीनको अशल छिमेकी भएको हुनाले चीनको प्रगतिमा खुशी प्रकटगर्दै चीनलाई बधाइ दिन चाहन्छौँ ।

        तिब्बत र ताइवान चीनका अभिन्न अंग भएको र नेपाली भूमिलाई चीन बिरोधी कुनैपनि गतिविधि गर्न छुट नदिइने उहाँले बताउनुभयो । नेपालले सबैभन्दा पहिले एकचीनको नीतिलाई स्पष्ट रुपमा समर्थन गर्दै विश्वमा आवाज उठाएको पनि उहाँले उल्लेखगर्नुभयो। सो अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लीलामणी पौडेल लेकार्कीद्बारा लिखित पुस्तकले नेपाल र चीनबीचको सम्बन्ध जान्न चाहनेहरुका लागि सहयोग पुर्‍याउने बताउनुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह