फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानका प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई मुलुकको रण्नैतिक सहयोग सुदृढ हुने

(GMT+08:00) 2009-12-28 18:37:20

         भारतका प्रधानमन्त्री मनमोहन सिँहको निमन्त्रणामा जापानका प्रधानमन्त्री युकिओ हादोयामाले हिजो भारतको आर्थिक केन्द्र शहर मुन्बाईमा पुगेपछि त्यहाँको तीन दिने औपचारिक भ्रमण शुरु गर्नुभयो। प्रधानमन्त्री युकिओ हादोयामाको यस पटकको भ्रमणबाट दुई मुलुकको रण्नैतिक सहयोगलाई सुदृढ हुने ठहर प्रेस-माध्यमले गरेका छन्।

         भारतको विदेशमन्त्रालयले एउटा विज्ञाप्ति सार्वजनिक गरी जापानका प्रधानमन्त्रीको भारत भ्रमणमा स्थानीय आर्थिक र राजनैतिक क्षेत्रका उच्च स्तरीय व्यक्तिसँग श्रृखलाबद्ध आदान-प्रदान गरेको जानकारी दिएको छ। साथै आज राजधानी नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री सिँहसँग भेट-वार्ता गर्न श्री युकिओ हादोयामाले प्रस्थान गर्नुभयो। भेट-वार्ता गर्दै के विषयहरु प्रवेश हुने छ भने दुई पक्षीय सुरक्षा सम्बन्धित वार्ता, आर्थिक सहयोग गर्ने स्तरलाई अगाडी बढाउने, दुई मुलुकको रण्नैतिक साझेदारी सम्बन्धलाई सबल पार्ने, सुरक्षा र प्रतिरक्षा क्षेत्रमा रहेको सहयोगलाई सबल पार्ने, दुई मुलुकको संयुक्त सैनिक अभ्यास र भारतको आधार्भूत प्रबन्धको निर्माणमा सघाउ पुर्‍याउने विषय हुन्।

         यस पटकको भ्रमण जापानका प्रधानमन्त्री युकिओ हादोयामाले प्रधानमन्त्रीको पद सम्हाल्नुभएपछि भारतको पहिलो भ्रमण गर्नु भएको हो।

          उहाँको यस पटकको भ्रमणले जापान र भारतको रण्नैतिक साझेदारी सम्बन्धलाई अगाडी बढाउने ठहर प्रेस-माध्यमले गरेका छन्। एतिहासिक दृष्टिकोण लिएर भारत र जापानको सम्बन्धको विकासमा केही बाधा उत्पन्न भएको थियो। शीत युद्ध कालमा जापानले अमेरिका पक्षमा बसेको थियो र भारतले असंलग्न आम्दोलनको मोर्चामा बस्नुका साथै सोभियत संघसँग घनिष्ट सम्बन्ध राखेको थियो। गत शताब्द्धिको नव्बेको दशकमा सन् 1998को मै महिनामा भारतले आण्विक परिक्षण गरेकाले जापानले भारतमाथि कडा आर्थिक सचाय गरेको थियो। तर हाल भारत र जापानले दुई मुलुकको सम्बन्धलाई विकास गर्ने कुरामा धेरै रुची लगाएको देखिन्छ। सन् 2007 जापानका वर्तमान प्रधानमन्त्री शिन्चो आबेले भारतको भ्रमण गर्नुभएको थियो र दुई पक्षले संयुक्त वक्तव्यलाई सार्वजनिक गरेका थिए। दुई मुलुकको रण्नैतिक साझेदारी सम्बन्ध नयाँ अवधिमा प्रवेश भइसकेको उक्त संयुक्त वक्तव्यमा लेखिएको थियो। श्री शिन्चो आबेको भारत भ्रमणपछि भारत र जापानका प्रधानमन्त्री बीचको वार्षिक भेट-वार्ता गर्ने व्यवस्थालाई कायम गरिंदै आएको छ र उक्त व्यवस्था कायम गरेको विश्वका दुईटा मुलुक जापान र भारत मात्र हुन्।

          नयाँ शताब्द्धि शुरुपछि एशिया र विश्वका परिस्थितिमा धेरै परिवर्तन हुँदै आएको देखिन्छ। साथै भारत र जापानको सम्बन्ध पनि सबल हुँदै आएको छ। भारतको हितबाट सोच-विचार गरेर भारत र जापानको ऐतिहासिक र सिमा समस्या छैन, साथै जापानको उच्च स्तरीय प्रविधि र विक्सित अर्थतन्त्रभएको मुलुक हो। त्यसैले विश्वको दोस्रो युद्धभएपछि जापानसँग सम्बन्ध विकास गर्ने इच्छा भारतको रहेको छ। तर शीत युद्धभएको बेलामा दुई मुलुक विभिन्न राजनैतिक पक्षमा बसेका थिए र भारत तथा पाकिस्तानको तेस्रो युद्ध पनि रहँदै छ। त्यसैले जापानले कुनै पनि पक्षमा नबसेर बीचमा मात्र बसेको थियो। भारतलाई निराशा लाग्यो। गत शताब्द्धिको असिओं र नव्बे दशकमा जापान र भारतको आर्थिक र प्राविधिक सहयोगको विकास सुचारु अवस्थामा बसिरहेको छ। तर जापान र अरु एशियाका मुलुकको सहयोगको परिमानभन्दा जापान र भारतको सहयोग कम्जोरमा बसेको थियो। केहि वर्षदेखि यता जापानले भारतको भूमिकामाथि नजर पुर्‍याउन थालेको छ। त्यसैले जापान र भारतको राजनैतिक र आर्थिक सम्बन्ध तिव्र गतिले बृद्धि हुँदै आएको देखिन्छ। सन् 2008-2009 वित्तिय वर्षमा दुई मुलुकको व्यापारिक मात्रा बाह्र अरब अमेरिकी डलरमा पुगिसक्यो भने सन् 2010 वित्तिय वर्षमा उक्त मात्रालाई बीस अरबमा पुर्‍याउने दुई मुलुकको लक्ष्यलाई पनि तर्जुमा गरियो। हाल जापान भारतमा पूँजी लगाउने मुलुकहरुमा छैठौं स्थानमा रहेको छ र भारतलाई उद्धार दिने मात्रामा जापान पहिलो स्थानमा रहेको छ।

          तर भारत र जापानको विकासको क्रममा केही समस्या पनि रहेको छ। भारतको प्रति व्यक्तिको औशत कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा एक हजार अमेरिकी डलर बराबर छ। त्यसैले भारत र जापानको व्यापारिक सहयोगमा भारतले जापानका लागि व्यापक मार्केदलाई उपलब्ध गराउन सकेन्न र जापानलाई पेट्रोल जस्ता उर्जा-श्रोतलाई उपलब्ध गराउन पनि सकेन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह