फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री नेपाल प्रवचन कार्यक्रमा

(GMT+08:00) 2009-12-30 19:48:49

        प्रधानमन्त्री माधवकुमार नेपालले बाह्र वर्षको द्बन्दका कारण नेपालको राजनीतिक स्थिरता र विकासप्रक्रिया पछाडि परेको बताउनुभएको छ ।

        चीनको छ दिवसीय औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहनुभएका प्रधानमन्त्री नेपालले आज यहाँस्थित छिङ्ह्वा विश्वविद्यालयमा आयोजित "नेपाल-चीन सम्बन्ध " विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

         प्रधानमन्त्री नेपालले राजनीतिक स्थिरता कायम गर्दै नेपालको विकास प्रक्रिया अगाडि बढाउनका निम्ति  राष्ट्रिय सहमतिका आधारमा नयाँ संविधान लेखनकार्य र विकास निर्माणको कार्य सुरु भइसकेको छ भन्नुभयो।

         नेपालमा कृषि विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले गृहकार्य गरिरहेको जानकारी दिदैँ प्रधानमन्त्री नेपालले त्यसका लागि आवश्यक प्राविधिकज्ञान चीनबाट लिन सकिने बताउनुभयो ।

         उहाँले नेपाल सदैब एक चीनको नीतिमा प्रतिवद्ध रहेको तथा नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न नदिइने प्रतिवद्धता जनाउनुभयो।

         नेपाल र चीनबीच रहिआएको ऐतिहासिक एवम् घनिष्ट सम्बन्ध आफ्नो भ्रमणपश्चात नयाँ उचाइमा पुग्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

           उहाँले नेपाल र चीन एउटै खालका समस्याबाट गुज्रिरहेका छन् भन्दै प्रधानमन्त्री नेपालले हिमाल पग्लिएर हुने जलवायु परिवर्तनको साझा समस्यालाई दुबै देशले मिलेर साधान गर्नुपर्ने धारणा राख्नुभयो।

           प्रवचन कार्यक्रममा प्रधानमन्त्री नेपालका साथ उहाँकी धर्मपत्नी गायत्री नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव मदन भट्टराई, अर्थसचिव रामेश्वर खनाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्की, नेपालका लागि चिनियाँ राजदूत छ्युको होङ्गलगायतका अधिकारी हुनुहुन्थ्यो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह