फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री नेपालद्बारा लामा मन्दिरको भ्रमण

(GMT+08:00) 2009-12-30 19:59:28

        चीनको छ दिवसीय औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले आज अपराह्न चिनियाँ राष्ट्रपति हु चिन थाओ तथा चिनियाँ राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष उ पाङ्ग कोसँग भेट वार्ता गर्नुभएको थियो।

         प्रधानमन्त्री नेपालले आज बिहान बेइजिङ सहरको उत्तरपूर्वी भागमा अवस्थित लामा मन्दिरको अवलोकन भ्रमण गर्नुभयो ।

          प्रधानमन्त्री नेपालका साथ उहाँकी धर्मपत्नी गायत्री नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव मदन भट्टराई, अर्थसचिव रामेश्वर खनाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्की, नेपालका लागि चिनियाँ राजदूत छ्युको होङ्गलगायतका अधिकारी हुनुहुन्थ्यो ।

          शान्ति र सद्भावको दरवारको उपमा पाएको लामा मन्दिर तिब्बती बौद्धधर्मका लागि विश्वकै सबैभन्दा ठूलो र महत्वपूर्ण गुम्बाहरुमध्येको एक मानिन्छ ।

           लामा मन्दिरभित्रका हस्तकलामा चिनियाँ हान र तिब्बती शैलीको समिश्रण पाइन्छ । मन्दिरमा रहेको एउटै मूढाबाट बनाइएको सबैभन्दा अग्लो शाक्यमूनि बुद्धको मूर्तिका लागि नेपालबाट काठ ल्याइएको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह