फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी वैदेशिक विभागका प्रमुखबीच भेट

(GMT+08:00) 2009-12-30 20:00:17

         चीनको छ दिवसीय औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले आज यहाँ चिनियाँ कम्युनिस्ट पार्टी वैदेशिक विभागका प्रमुख वाङ च्या रुईसँग भेट गर्नुभयो।

         भेटका अवसरमा उहाँहरुबीच आपसी हित र द्बिपक्षीय चासोको विषयमा छलफल भयो । सो अवसरमा प्रधानमन्त्री नेपालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी दिदैँ नेपालमा ऐतिहासिक परिवर्तनपछि गणतन्त्रको घोषणा भएको तथा संविधानसभाको निर्वाचनसमेत सम्पन्न भई नयाँ संविधान लेखनकार्य भइरहेको जनाकारी गराउनुभयो।

          भेटका अवसरमा चिनियाँ नेता वाङले चीन नेपालको शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै नेपालका सबै राजनीतिक दलबीच एकता र सहयोग कायम गरी नेपालको शान्ति, स्थिरता र विकासलाई सार्थक तुल्याउनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह