फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेतागण र नेपालका प्रधानमन्त्रीबीच भेट

(GMT+08:00) 2009-12-30 20:10:25

         चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ऊ पांग कोले आज पैचिङ्गमा छुट्टाछुट्टै रुपमा यहाँको भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गर्नुभयो।

          भेटवार्तामा श्री हु चिन थाउले यी दुइ देशबीचको सम्बन्धलाई सर्वतोमुखी सहयोगात्मक साझेदारी सम्बन्धका रुपमा माथि उकास्ने निर्णय चीन र नेपालले गरेका छन् भन्दै यसबाट दुई देशबीचको सम्बन्ध नयाँ विकासको चरणमा प्रवेश गरेको कुरा औँल्याउनभुएको छ।

          प्रत्युत्तरमा श्री नेपालले चीनसितको आर्थिक तथा व्यापारिक र पर्यटन आदि विभिन्न क्षेत्रमा मौजुद सहयोगलाई अझ सबल पार्न नेपाल इच्छुक रहेको कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह