फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सांग्रिला जिल्लामा "नम्बर एक गाउँ" को नाउँबाट प्रशिद्ध श्या कै गाउँका बासिन्दाहरुको नयाँ जीवन 4

(GMT+08:00) 2010-01-11 10:36:41

             यता हालेका केही वर्षदेखि सांग्रिलाको पर्यटन व्यवसाय निरंतर रुपमा विकसित हुँदै आएको छ। स्थानीय पर्यवारणीय वातावरणको संरक्षण गर्न र दिगो विकासको लक्ष्यलाई साकार तुल्याउनका लागि किसानलाई थप भत्ता दिने पद्धतिहरुमध्ये स्थानीय सरकारले "पर्यटनबाट प्राप्त आय कृषि व्यवसायलाई आपूर्ति" भन्ने पद्धति अपनाएको छ।

           सरकारले किसानहरुलाई खेतीपाती गर्नमा समर्थन दिनुका साथै उनीहरुलाई तिब्बती सांस्कृतिक परम्परागत कलाको विकासलाई सबल पार्न पनि हौसला दिएको छ। यसको अर्थ हो स्थानीय कृषि उपजहरु र तिब्बती औद्योगिक वस्तुहरुको बिक्रीबाट किसानहरुको आयलाई बढाउने पद्धति। श्या कै गाउँमा पर्ने सांग्रिला जिल्ला फुताछो राष्ट्रिय पार्कका उप महाप्रबन्धक तिंग वन तोंगले जानकारी दिंदै भन्नुभयो-

            हाल श्या कै गाउँले राष्ट्रिय "थ्री ए श्रेणी" रमणीय पर्यटन क्षेत्रको सफल दर्खास्त गरिसकेको छ। जातीय हस्तकला बाहेक श्या कै गाउँका तिब्बतीहरुले विचित्र र सुन्दर तिब्बत पोशाक संस्कृति, भोजन संस्कृति, नाचगान संस्कृति र पर्व संस्कृतिको पनि प्रदर्शन गर्दछन।

           यहाँ सुन्दर पोशाकले सुखमय र आनन्ददायी दैनिक जीवनमा सुनमा सुगन्ध थपिदिएको छ। शान्त टारभूमिमा रहेको गौचर भेग, मोटो र बलियो गाईवस्तु र भेडा बाख्राले मानिस र प्रकृतिबीचको अति मेलमिलाप रहेको अर्थ बुझाएको छ। तिब्बतीहरुको दैनिक उत्पादनको तरीका र दैनिक जीवनको रिति-रिवाज पर्यटकहरुको आँखा अगाडि स्पष्टताका साथ छचल्कीरहेको छ।

           अति प्राकृतिक मुग्धताले भरिपूर्ण रहेक तिब्बतीहरुको घरमा पर्यटकहरुले तिब्बती परम्पराको नौनी तेल, च् पा भन्ने च्यापच्यापे डल्लोले पाहुनाहरुलाई खुवाउने चलन, विवाहोत्सव र दाह संस्कार जस्ता रिति रिवाजको अनुभव गर्न सक्छन। फुर्तिलो र जोशपूर्ण को चुआन नाच र श्युआन च नाचको रसास्वादनबाट पर्यटकहरुले प्रशस्त बालीनाली भित्र्याएपछि तिब्बतीहरुको खुशी र अटल विश्वास बांड्न सक्छन।

             श्या कै गाउँका तिब्बतीहरुले सुखमय जीवन बिताइरहेका छन। उनीहरुले एक उज्यालो सुन्दर दृश्य झैं जीउँदो जाग्दो रुपमा विचित्र र रंगीन तिब्बती संस्कृति प्रदर्शन गरिरहेका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह