फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालको संयुक्त वक्तव्य सार्वजनिक

(GMT+08:00) 2009-12-30 22:02:43

        चीन र नेपालले हिजो पैचिङ्गमा एक संयुक्त वक्तव्य सार्वजनिक गरेका छन्। चीन र नेपालवीच मैत्रिपूर्ण चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको विकास गर्ने कुरा उक्त संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।

         चीनका प्रधानमन्त्रीको निमन्त्रणामा, नेपालका प्रधानमन्त्री माधव कुमार नेपालले यसै महिनाको छव्बीसदेखि एकतीस तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुभयो। भ्रमणका अवसरमा, दुई मुलुकका नेताले चीन र नेपालको सम्बन्धको विकास ,साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याबारे गहिरो रुपमा वैचारिक आदान-प्रदान गर्नुभयो र त्यसमा व्यापक सहमति पनि भएको छ।

         उक्त वक्तव्यमा समानता र आपसी हितको आधारमा व्यापार, लगानी, सूचना प्रविधि, यातायात, कृषि, आधार्भूत प्रबन्धको निर्माण र गरिबी घटाउने आदि विभिन्न क्षेत्रमा रहेको सहयोगलाई सदृढ गर्ने कुरालाई दुवै पक्षले स्वीकार गरेको जनाइएको छ । चीनले निरन्तर रुपमा सक्दो रुपमा नेपाललाई सहयाता दिने कुरा पनि उल्लेख गरिएको छ।

         यसका साथै नेपालले थाइ वान र तिव्बत स्वायत्त प्रदेश चीनको अविच्छिन्न भूभाग रहेको कुरालाई दोहोर्‍याएको छ, चीनले आफ्नो देशको सार्वभौमिक्ता र भूभागको अक्षुण्णताको संरक्षण गर्न गरेको प्रयासमा नेपालले दृढ्ताका साथ समर्थन दिनुका साथै नेपालको भूमिमा चीन विरोधी कुनै पनि गतिविधी हुन नदिने कुरा दोहोर्‍याइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह