फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री नेपाल दिवाभोजमा सरीक

(GMT+08:00) 2009-12-31 11:05:49

         चीनको छ दिवसीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपाल उहाँको सम्मानमा साङ्घाई नगरपालिका जनसरकारका मेयर हान चङ्गले आयोजना गर्नुभएको दिवाभोजमा सरीक हुनुभयो ।

         दिवाभोजअगाडि उहाँहरु दुबैबीच आपसी चासो र द्बिपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

         प्रधानमन्त्री नेपालका साथ दिवाभोजमा उहाँकी धर्मपत्नी गायत्री नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रसचिव मदन भट्टराई आदि सरकारी अधिकारी हुनुहुन्थ्यो ।

          चिनियाँ समकक्षी वन च्या पाउको निमन्त्रणामा चीनको छ दिवसीय औपचारिक चीनभ्रमणमा रहनुभएका प्रधानमन्त्री नेपाल साङ्घाईबाट चीनको विशेष प्रशासनिक क्षेत्र हङकङग हुँदै आज साँझ स्वदेश फर्किने कार्यक्रम छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह