फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री नेपाल र सांघाईका मेयरबीच भेट

(GMT+08:00) 2009-12-31 14:06:29

         चीनको छ दिवसीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले आज यहाँस्थित सांघाई नगरपालिका जनसरकारका मेयर हान चङ्गसँग भेट गर्नुभयो ।

          सो अवसरमा प्रधानमन्त्री नेपालले नेपालको विकासमा चीनले लामो समयदेखि पुर्याउँदैआएको सहयोगको सराहना गर्नुभयो ।

         नेपाल र चीनबीच रहदैँआएको प्रचीन सम्बन्ध आगामी दिनमा अझै मजबुत र सुदृढ हुँदैजाने विश्वास ब्यक्त गर्दै प्रधानमन्त्री नेपालले साङ्घाई र नेपालबीचको सम्बन्धलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्नतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।

           उहाँले चिनियाँ लगानी नेपालमा भित्र्याउँने दिशामा साङ्घाई विश्व एक्स्पोले नेपालको बारेमा संसारलाई नै राम्रो सन्देश दिन सहयोग पुर्याउने धारणा राख्नुभयो ।

          विश्व एक्स्पोबाट नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उल्लेख गर्दै उहाँले भगवान गौतम बुद्धको जन्म नेपालमा भएको पुष्टि गर्न नेपाली मण्डपबाट थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

          प्रधानमन्त्री नेपालले विश्व एक्स्पोको लागि नेपालको तर्फबाट नेपालमण्डप निर्माण भइरहेको कुरा सम्पूर्ण नेपालीहरुका लागि गौरवको विषय हो भन्नुभयो।

           सो अवसरमा साङ्घाई नगरपालिका जनसरकारका मेयर हान चङ्गले साङ्घाई विश्व एक्स्पोमा सहभागिता जनाउनका लागि नेपालले देखाएको तत्परताको प्रशंसा गर्नुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह