फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीद्बारा आफ्नो चीन भ्रमणको उच्च मूल्याङ्कन्

(GMT+08:00) 2009-12-31 18:09:22

         नेपालका प्रधानमन्त्री माधवकुमार नेपालको चीन भ्रमण आज सम्पन्न भयो। आफ्नो यस पटकको भ्रमणबाट प्राप्त उपलव्धिबारे चर्चा गर्दै उहाँले पुस्तौँ-पुस्तासम्मको सर्वतोमुखी सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्न नेपाल र चीनले एकमतोका साथ स्वीकार गरेको कुरा नै आफ्नो यस पटकको भ्रमणको सबैभन्दा ठूलो उपलव्धि रहेको बताउनुभयो।

         आज प्रधानमन्त्री नेपालले शाङ्हाईमा शाङ्गहाई शहरका मेयर हान चंग सित पनि भेट गर्नुभयो।

          यसअघि उहाँले सन् 2010 शांगहाईमा आयोजना हुने विश्व एक्स्पो पार्कको अवलोकन गरी त्यहाँ निर्मित नेपाल हलको निरीक्षण गर्नुभएको छ। शांगहाई विश्व एक्स्पो अवश्य सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

          शाङ्हाईको भ्रमणअघि प्रधानमन्त्री नेपालले अघिपछि गरी चीनको ल्हासा, सि आन र पैचिङ्गको भ्रमण पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह