फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्री शांगहाईमा

(GMT+08:00) 2009-12-31 17:10:20

         शांगहाई शहरका मेयर हान चंगले आज शांगहाईमा यहाँको भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गर्नुभयो।

          सो अवसरमा श्री हान चंगले सन 2010 मा आयोजना हुने विश्व एक्स्पोको तयारीका लागि शांगहाईलाई ठूलो समर्थन दिएकाले नेपालप्रति धन्यवाद ज्ञापन गर्नुभयो। यसका साथै उहाँले अझ बढी नेपाली मित्रलाई विश्व एक्स्पोको अवलोकन गर्न शांगहाईमा आउन स्वागत गर्नुभएको छ।

           प्रत्युत्तरमा प्रधानमन्त्री नेपालले एक चीनको नीतिलाई नेपालले सदा सर्वदा कायमै राखेको छ भन्दै नेपाल र चीनले सर्वतोमुखी सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना गरिसकेको जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह