फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री नेपाल नेपालचीन ब्यापार बैठकमा

(GMT+08:00) 2009-12-31 10:33:12

       नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सरकारले लगानी मैत्री नीति अपनाएको र मुलुकमा विदेशी लगानी आकर्षित गर्नका लागि एक उच्चस्तरीय संयन्त्रको स्थापना गर्न लागेको बताउनुभएको छ।

         चीनको औपचारिक भ्रमणका क्रममा चीनको औद्योगिक नगर शांगहाईमा रहनुभएका प्रधानमन्त्री नेपालले अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा त्यहाँ आयोजित चीन-नेपाल ब्यापार बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।

         उहाँले नेपालको पूर्वाधार निर्माण, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्नका लागि चिनियाँ उद्योगी तथा ब्यापारीहरुलाई अनुरोध गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह