फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस पटकको चीन भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको- नेपालका प्रधानमन्त्री

(GMT+08:00) 2010-01-01 18:27:47

         नेपालका प्रधानमन्त्री माधवकुमार नेपाल चीनको भ्रमण सिध्याएर हिजै राती काठमान्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो। उहाँले विमानस्थलमा बोल्दै उहाँको यस पटकको चीनको भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको दावी गर्नुभएको छ।

         उहाँको भनाइअनुसार यस पटकको चीन-भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्ध गहिरो भएको छ। नेपाल र चीनबीचमा रहेको युगौं युगदेखिको मैत्रीपूर्ण सहयोगात्मक साझेदारी सम्बन्ध र विकासमा यो भ्रमण महत्वपूर्ण कोसेढुङ्गा बन्ने पनि उहाँले बताउनुभयो।

          उहाँले विश्वमा एकमात्र चीन रहेको र जनगणतन्त्र चीन सरकारले समस्त चीनको एक मात्र वैधानिक सरकारको प्रतिनिधित्व गर्ने जनाउनुभयो। थाइवान र तिब्बत चीनका अकाट्य भूभाग भएको कुरामा पनि उहाँले जोड दिनुभयो। अन्त्यमा उहाँले नेपाली भूभागमा कुनै पनि प्रकारका चीनबिरोधी गतिविधि हुन नदिने प्रतिवद्धता पनि जाहेर गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह