फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपाल चीन मैत्री संघका प्रमुखहरुले प्रशंसा गरेका छन्।

(GMT+08:00) 2010-01-06 18:07:52

      प्रधानमन्त्री माधव कुमार नेपालको चीन भ्रमण नेपाल चीन म्रत्री संघ संस्थाका लागि उपलब्धीमुलक रहेको अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले बताउनुभएको छ।

          प्रधानमन्त्री नेपालसँग डा. शाह चीन विज्ञका रुपमा चीन भ्रमणमा जानु भएको थियो। गत डिसेम्बर महिनाको अन्तिम साता प्रधानमन्त्री नेपालले गर्नु भएको चीन भ्रमणका समयमा युवा आदानप्रदान सम्झौतामा हस्ताक्षर हुनु दुवै देशका युवाहरुका लागि कोशे ढुंगा सावित भएको नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाश बाबु पौडेलले बताउनु भएको छ। एसोसिएसनले स्थापनादेखि नै दुवै देशका युवाहरुबीच आदानप्रदान कार्यक्रम गर्नुपर्ने आवाज उठाउँदै आएको छ। गत वर्षको मार्च 28 तारिखमा चीनको स्वायत्त प्रदेश तिब्बतबाट भूदाषप्रथा उन्मुलन भएको 50औं वार्षिकोत्सव मनाउने क्रममा पनि एसोसिएसनले सो विषयलाई नेपाली मन्त्री र चिनियाँ राजदूतका सामु उठाएको अध्यक्ष पौडेलले बताउनुभयो।

          प्रधानमन्त्री नेपालसँगै चीन भ्रमणमा जानु भएका नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ भ्रमणले दुई देशबीचको व्यापारमा महत्वपूर्ण उपलब्धी भएको बताउनुहुन्छ। चीनले नेपाली निर्यातमा भंसार छुट दिने, नेपालमा चिनियाँ लगानी भित्रिने कुराले वाणिज्य क्षेत्रमा मेरुदण्डको काम गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

चेतनाथ आचार्य

सि.आर.आई

काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह