फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका वैज्ञानिक वेत्ता कु छ्वाउ हाउ र सुन च्या तौङ्गलाई सर्वोच्च वैज्ञानिक प्राविधिक पुरस्कार प्राप्त

(GMT+08:00) 2010-01-11 13:19:37

          चीनका गणितज्ञ कु छ्वाउ हाउ र अन्तरीक्ष प्राविधिक विशेषज्ञ सुन च्या तौङ्गले सन् 2009को चीनको राष्ट्रिय सर्वोच्च वैज्ञानिक प्राविधिक पुरस्कार प्राप्त गर्नुभएको छ।चीनका राष्ट्राध्यक्ष हु चिन थाउले पैचिङ्गमा उहाँहरुलाई उक्त पुरस्कार वितरण गर्नुभयो।

          सन् 2000मा स्थापित चीनको राष्ट्रिय सर्वोच्च वैज्ञानिक प्राविधिक पुरस्कारको राशी 50 लाख चिनियाँ युआनभन्दा बढी भएकाले चीन र विदेशीहरुले समेत सो पुरस्कारमा उच्च ध्यान पुर्‍याइ रहेका छन्।हालसम्म चीनमा 16 जना वैज्ञानिकहरुले सो पुरस्कार प्राप्त गरिसकेका छन्।

          सो पुरस्कार प्राप्त गर्नुभएका पछिल्ला दुई जना वैज्ञानिकको उमेर 80 वर्षभन्दा बढी छ। श्री कु छ्वाउ हाउले सयभन्दा बढी शोधपत्र प्रकाशित गर्नुभएको छ र अन्तर्राष्ट्रिय क्षेत्रमा यसैमा काम गरि रहनु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह