फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विश्वमा मोटरगाडीको उत्पादन र विक्री गर्ने पहिलो ठूलो मुलुक

(GMT+08:00) 2010-01-11 11:28:51

           सन् 2009 मा चीनमा मोटरगाडीको बिक्री मात्रा एक करोड पैंत्तीस लाख पुगेको छ र सो मात्रा अमेरिकाकोभन्दा बढी भएर चीन बिश्वमा मोटरगाडीको उत्पादन र बिक्री गर्ने पहिलो ठूलो मुलुक बनिसकेको छ।

           सन् 2010 मा चीनको मोटरगाडी बजार द्रूत गतिले बृद्धि हुने र वर्षभरिको उत्पादन र बिक्रीमात्रा एक करोड पचास लाख पुग्ने कुरा बिशेषज्ञले अनुमान गरेका छन् ।

           अन्तर्राष्ट्रिय आर्थिक संकटले गर्दा चीनमा मोटरगाडीको उद्योग व्यवसायको विकास केही समययता शिथिल भएको थियो । सन् 2009 को आरम्भमा चीन सरकारले "मोटरगाडी उद्योग व्यवसायको समन्जस्यता र पुनरुत्थान योजना"सार्वजनिक गरी उद्योगको पुनर्गठनलाई अघि सारेको र स्वयमआफूले नयाँ खालको मोटर गाडीको सिर्जनालाई सबल पारेको थियो।

           यसवर्ष चीनमा मोटरगाडी बजारको बृद्बिदर 15 प्रतिशत कायम राख्ने र वर्षभरि मोटरगाडीको उत्पादन र बिक्री मात्रा एक करोड पचास लाख पुग्ने अनुमान गरिएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह