फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती बूढी आमा तुनचु चोमाको सुखमय जीवन 1

(GMT+08:00) 2010-01-12 16:18:23

               दक्षिण पश्चिमी चीनको युन नान प्रान्तको ती छिंग तिब्बत स्वायत्त प्रिफेक्चरको सदरमुकाम साँग्रिला जिल्ला कार्यालय अगाडिको थान छंग नामक चोकमा प्रत्येक दिन राती मानिसहरुको भीडै भीड देखिन्छ। रमाइलो वातावरणमा मग्नमस्त मानिसहरुको हाँसोको खित्का, गफ चुटेको रमझम, गीतको मीठो लय र नाच्नेहरुको सुन्दर जीउ नचाइले सबैको ध्यान तानेको हुन्छ।

             स्थानीय बासिन्दाहरु रातीको खाना खाएपछि प्रायजसो त्यस चोकमा आएर को च्वाँग भन्ने एक किसिमको तिब्बती सामुहिक नाच नाच्न आउँछन। पुरुष होस् वा महिला, बृद्ध वा बालक सबैले ठूलो स्पीकरबाट बजाइएको सुमधुर धूनको लयमा निकै मस्त भएर नाच्न थाल्छन्। हर्ष र खुशीले सरोवरी रहेको वातावरणमा नाचीरहेको हरेक व्यक्तिको अनुहारमा सुख आनन्दको हंसिलो मुद्रा देखिन्छ। आजको चीनको तिब्बत कार्यक्रममा म तपाईंहरुलाई "तिब्बती बूढी आमा तुनचु चोमाको सुखमय जीवन" भन्ने विषय बारेको पहिलो भाग सुनाउँछु।

                साँग्रिला जिल्लाको नो शी गाउँमा बसोबास गरिरहेकी तिब्बती बूढी आमा तुनचु चोमा पनि त्यस चोकमा नाच्नर्न आउनुभयो। उहाँले भन्नुभयो- अहिले बूढी भइसकियो। तर जीवन भने धेरै राम्रो भयो। आफूले दैनिक जीवनका लागि त्यतिको चिन्ता लिनुनपर्ने भयो। त्यसैले यहाँ आएर सबैका साथ नाच नाच्न पाउँदा खुशीले भूइंमा आफ्नो खुट्टा छैन।

                यस वर्ष छैंसठी वर्षिया बूढी आमा तुन चुको स्वास्थ्य निकै राम्रो छ। आफ्नो हालको जीवन बारे कुरा उठाउनासाथ उहाँ जहिले पनि एकदमै प्रफुल्लित हुनुहुन्छ। उहाँ भन्नुहुन्छ- आफू पुरानो र नयाँ समाजका वीच बिल्कुलै फरक रहेको दुइ किसिमको समाजबाट गुज्रेको बताउनुहुन्छ। त्यसैले आफुले अहिलेको सुखमय जीवनलाई लाख ठानेको छु। बाल्यकालको अवस्थाको सिंहावलोकन गर्दा पुरानो समाजको दुखान्त जीवन अहिले पनि उहाँलाई स्पष्टसंग याद छ। सात आठवर्षको कलिलो उमेरमा पनि उहाँले खेतीपातीको भारी बोक्न कठिन श्रम गर्नुपर्दथ्यो। खेतीपाती गरेपछि भित्र्याइएका अन्नबालीहरु भूदासका रुपमा मालिकलाई बुझाउनुपर्दथ्यो।

                बूढी आमा चोमाले आफूलाई यो गीत एकदमै मन परेको कुरा भन्नुभयो। हुन त आफूले यस गीतको बोल त्यतिको याद नगरे पनि संधै नै सानो स्वरले यसको लय गुनगुनाउनुहुन्छ। उहाँको बैठक कोठाको बीचमा एउटा पूजा सामग्री राखिएको छ। त्यसमा दशौं पेन्चेन र अध्यक्ष माओको संगै खिचेको फोटो उभ्याइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह