फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती बूढी आमा तुनचु चोमाको सुखमय जीवन 2

(GMT+08:00) 2010-01-13 16:03:54

            फोटो राखिएको फ्रेमको चारैतिर लच्छिन र मंगलमय अर्थको प्रतीकमा रहेको तिब्बतीहरुको खादा सज्जाइएको छ। धूपदानीमा सल्काइएको धूपबाट निकस्केको धुँवा विस्तार विस्तार चारैतिर फिंजेको छ। धेरै तिब्बतीहरुको घरमा यस्तै खालको पूजा सामग्री राखिएको हुन्छ। बूढी आमाले भन्नुभयो- अध्यक्ष माओ र चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बती जनताहरुलाई मुक्त गर्नुभयो र हामी सबैलाई सुखमय नयाँ जीवनमा ल्याउनुभयो। त्यसैले हाम्रो तिब्बतीहरुको मनमा अध्यक्ष माओलाई अवतारी जस्तो सम्मान गरेर उच्च स्थान राख्ने गरेका छौं। मानिसहरुले आफूलाई सुख आनन्ददायी जीवन ल्याउनुभएका अध्यक्ष माओ र चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिन्छन। हामी हरेक दिन यसमा पूजा गर्छौ‍ र अझ पनि झन् राम्रो जीवन बिताउन पाउने शुभेच्छा लिएका छौं। बूढी आमा चोमाले भन्नुभयो-

          बूढी आमा तुनचु चोमाले सफा र रंगीचंगी तिब्बती बखु लगाउनुभएको छ। उहाँले आफ्नो शरीरमा लगाइएको पोशाक देखाउँदै हाँस्दै भन्नुभयो- पहिलेको कुरा गर्ने हो भने नयाँ वर्षको दिन वा चाडबाडको वेलामा मात्र यस्तो लुगा लगाउन पाउँथें। तर अहिले हरेक दिन यस्तो सुन्दर लुगा लगाउँछु र दिनदिनै म एकदमै प्रसन्न छु।

 

           पैतालीस वर्षीया लोसाँग चोमा बूढी आमा तुनचु चोमाकी जेठी छोरी हुन। हामी पैचिंगबाट गएका पत्रकार भएको कुरा थाहा पाउँदा उनी खुशीले रोइन। उनले भनिन आफ्नो कान्छी छोरी पैचिंग केन्द्रीय जातीय विश्वविद्यालयमा अध्ययनरत छिन। हरेक पटक पैचिंगबाट आएको खबर सुन्नासाथ उनले संधैनै टाढा पैचिंगमा पढीरहेकी छीरोलाई सम्झन थाल्छिन।

            हालको आफ्नो जीवन बारे चर्चा गर्दा लोसांग चोमालाई निकै चित्त बुझेको देखिन्छिन। उनको श्रीमानले एउटा ट्रक किनेर त्यहाँबाट धेरै टाढा खुन मिंगसमेत गएर ढुवानी कार्य गर्छन र हरेक महिनामा चार हजार चिनियाँ युआनभन्दा बढी कमाउन सक्छन। आफू चाहिं घरमा करु र आलुको खेती गर्छिन, मूसा पाल्छिन र जंगली च्याउ लगाउँछिन। यता हालैका केही वर्षदेखि यता साँग्रिलामा यात्रा गर्न आएका पर्यटकहरुको संख्या झन झन बढी भएको छ। उनले घरमा बनाएको नौनी र दही जस्ता स्थानीय विशषतायुक्त कृषि पैदावार उपजहरु पर्यटकहरुलाई बेचेर पैसा कमाउन थालिन। यसबाट एकवर्षको आर्जन दशौं हजार चिनियाँ युनआन हुन पुगेको बताउँछिन। दुइ वर्षअघि उनले नयाँ घर बनाइन र घरमा नयाँ फर्निचरले सज्जायो। लोसांग चोमाले गद्‍गद्‍ भएर पत्रकारलाई भनिन-

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह