फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई विश्व एक्सपोको तयारी कार्य अन्तिम चरणमा

(GMT+08:00) 2010-01-18 19:02:38

            सात वर्षसम्मको तयारी मार्फत आगामी एक सय तीन दिनपछि शाङहाई विश्व एक्सपोको उद्घाटन हुनेछ। चीनको राज्य परिषद् अन्तर्गत प्रेस कार्यालयले आज पैचिङमा एक पत्रकार सम्मेलनको आयोजना गरि शाङहाई विश्व एक्सपोको तयारी कार्य वारेमा जानकारी दिएको छ। शाङहाई नगरका उप-मेयर, एवं शाङहाई विश्व एक्सपोको कार्यकारी परिषद्का उप-प्रमुख याङ श्युङका अनुसार, शाङहाई विश्व एक्सपोको तयारी कार्य अन्तिम चरणमा प्रवेश भै सकेको छ। सो एक्सपोमा विदेशी सहभागीहरुको संख्याले इतिहासमा नै नयाँ किर्तिमान कायम गर्नेछ। अव यस सम्बन्धी एक विस्तृत विवरण सुन्नुहोस्।

           श्री याङ श्युङका अनुसार, एक सय बयान्नबे मुलुक तथा पचास वटा अन्तर्राष्ट्रिय संगठनले शाङहाई विश्व एक्सपोमा भाग लिने निश्चित भएको छ। चीनका एकतीस वटा प्रान्त स्तरीय क्षेत्र तथा हंगकंग, मकाउ र थाइवान क्षेत्रले पनि शाङहाई विश्व एक्स्पोमा भाग लिने छन्। चालू वर्षको मार्च महिनासम्ममा प्रायजसो सहभागीहरुले एक्सपोका लागि पूरा गर्नुपर्ने कार्य पूरा गर्ने छन् भने विभिन्न तयारी कार्य पनि अन्तिम चरणमा प्रवेश भएको छ। उहाँले थप जानकारी दिँदै भन्नुभयो, एक्सपोका लागि स्थलको निर्माण कार्य अन्तिम चरणमा प्रवेश गरेको छ। विश्व एक्सपोको वागवानीको निर्माण कार्यमध्येको नव्वे प्रतिशत काम पूरा भएको छ। यस पटकको विश्व एक्सपोमा बयालीस वटा विदेशी स्थल तथा व्यवसायका लागि अठार वटा स्थल हुनेछन्। तीमध्येका असी प्रतिशत स्थलको मर्मत कार्य शुरु भएको छ। अरु बाँकी स्थलको निर्माण अन्तिम तथा एक्सपोको तयारी कार्य धुमधामसँग भइरहेको छ।

            थाहा भए अनुसार, हाल विश्व एक्सपोको संचालन कार्य चौतर्फी रुपमा भैरहेको छ। सुरक्षाको संरक्षण, यातायात, खाद्य पदार्थको सुरक्षा, पर्यटकहरुको सत्कार लगायत विभिन्न सेवा सम्बन्धी प्रस्तावलाई व्यवहारमा उतारिंदै छ। शाङहाई विश्व एक्सपोले सात करोड जना भन्दा बढी पर्यटकहरु आकर्षित गर्ने अनुमान गरिएको छ भने हरेक दिन चार लाख पर्यटकहरुको सत्कार गरिनेछ। श्री याङ श्युङका अनुसार, शाङहाई नगरले विश्व एक्सपोको अवधिमा यातायातको प्रस्ताव सार्वजनिक गरी एक्सपोका दर्शकहरुलाई घुम्ने सुविधा उपलव्ध गराएको छ।

            हामीले धेरै कदमहरु चालेका छौं। पाँच वटा भूमिगत रेल विश्व एक्सपोको वागवानी अथवा त्यसको नजीकैको क्षेत्रवाट पार गर्नेछन्। यसका साथै हामीले करिब एक हजार वटा मोटर-गाडी, विश्व एक्सपोका लागि दश भन्दा बढी विशेष बाटो तथा नब्बे वटा भन्दा बढी सार्वजनिक बसको बन्दोबस्त मिलाएका छौं। हरेक दिन त्यहाँ चार लाख दर्शक भएमा पनि उनिहरुको माँग पूरा गर्नसकिनेछ। तथापि कहिलेकाहीँ तथा केही बाटोमै जाम हुनसक्नेछ।

            सुरक्षाको संरक्षणबारे चर्चा गर्दै शाङहाई विश्व एक्सपोका आयोजकले शाङहाई विश्व एक्सपोले सबैभन्दा कडा तथा उचित कदम चालेर "शान्तिपूर्ण एक्सपो", "खुसीयाली एक्सपो"को नारालाई साकार तुल्याउने जानकारी दिनुभयो। विश्व एक्सपोको वागवानीको निर्माण अवधिमा सुरक्षाको संरक्षण सम्बन्धी तयारी कार्य पनि संचालन भइरहेको छ। तीमध्ये सुरक्षाको संरक्षण सम्बन्धी निर्देशन केन्द्र तथा विभिन्न प्रणालीको निर्माण सम्बन्धी प्रस्ताव एवम सुरक्षाको संरक्षण सम्बन्धी पत्र तथा विभिन्न जरुरी अवस्थाको सामना गर्ने प्रस्ताव समावेश छन्।

            शाङहाई विश्व एक्सपोको उद्घाटन मिति नजीकींदै आएको परिप्रेक्षमा शाङहाई विश्व एक्सपो सम्बन्धी वातावरण पनि दिन प्रतिदिन रमाइलो हुंदै आएको छ। ठूला सड्क तथा साँगुरा बाटा लगायत जुनसुकै ठाउँमा विश्व एक्सपो सम्बन्धी प्रचार-प्रसारका सामग्री देखिन्छ। कतिपय दृश्यावलोकन क्षेत्रको मर्मत तथा संरक्षण भएको छ। शहरका स्वयमसेवकहरुले स्वयमसेवा कार्य थालेका छन् भने शाङहाईका नागरिकहरुले पनि तयारी कार्यमा सक्रियताका साथ भाग लिएका छन्। अंग्रेजी भाषा तथा विश्व एक्सपो सम्बन्धी ज्ञान दिने तथा लिने उत्साह दिन प्रतिदिन बढ्दै आएको छ। शाङहाईका नागरिक छन् श्याङ रुङले भन्नुभयो, शाङहाईको नागरिकको हैसियतले हरेक जनालाई धेरै खुसी लागेको छ र हरेक शाङहाईबासीले विश्व एक्सपोको सफलताका लागि प्रयास गर्नुपर्छ। एक जना शाङहाईबासीको हैसियतले मलाई धेरै गौरव लागेको छ। त्यसका लागि सक्रियताका साथ भाग लिनुपर्ने र हरेक मानिसले आफूले केही काम गर्नुपर्ने महसूस मलाई भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह