फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको विकासमा आसक्त गाबो गावांग जिग्मेको जिन्दगीबारे

(GMT+08:00) 2010-01-20 17:20:21

              तिब्बतको स्थानीय सरकार र चीनको केन्द्रिय सरकारबीच शान्तिपूर्ण मुक्तिसम्वन्धी सम्झौता सम्पन्न भएको समयका प्रत्यक्ष दर्शी श्री गाबो गावांग जिग्मे गत डिसेम्बर तेईस तारिखका दिन स्वर्गवास हुनुभयो। पुरानो तिब्बतको तानाशाही वर्गका एक जना युवक मालिकदेखि तिब्बतको स्थानीय सरकारको उच्च स्तरीय अधिकारी बन्नुभएको र प्रथम वार्ताकारदेखि राष्ट्रिय नेतासम्म बन्नुभएको उहाँको एक सय वर्षसम्मको जिन्दगी एउटा ठूलो किताब जस्तो देखिन्छ। एक शताव्दीसम्मको जीवनमा श्री गाबो गावांग जिग्मेले युगको महान सुधारका लागि प्रयास गरी तिब्बतको समाजमा भएको ठूलो परिवर्तनको प्रत्यक्ष रुपमा अनुभव गर्नुभएको थियो।

             सन् 1910 मा श्री गाबो गावांग जिग्मेको जन्म पुरानो तिब्बतको तानाशाही वर्गको एउटा परिवारमा थियो। ज्यादै युवक उमेरमा उहाँले तानाशाही वर्गका अधिकारीहरुको पङक्तिमा प्रवेश गर्नुभयो। सन् 1949 को अक्टोबर एक तारिखका दिन जन गणतन्त्र चीनको स्थापना गरियो। त्यसपछि तिब्बतको मुक्ति गर्नु नै मातृभूमिको एकिकरण गर्ने एउटा मुख्य पाइला बन्यो। सन् 1950 को शुभारम्भमा चीनको केन्द्रिय जन सरकारले तिब्बतको शान्तिपूर्ण मुक्ति गर्ने कार्यनीतिको घोषणा गरी यसबारे केन्द्रिय सरकारसित वार्ता गर्ने प्रतिनिधी पठाउन तिब्बतको स्थानीय सरकारसँग आव्हान गरेको थियो।

            सन् 1951 को फेब्रअरीमा श्री गाबो गावांग जिग्मेलाई तिब्बतको स्थानीय सरकारका प्रथम प्रतिनिधिको पदमा नियुक्त गरियो। उहाँ अन्य चार जना प्रतिनिधिहरुसँगसँगै चीनको केन्द्रिय जन सरकारसँग शान्ति वार्ता गर्न पैचिङ्ग आइपुग्नुभएको थियो।

            सन् 1951 को मै एक तारिखका दिन श्री गाबो गावांग जिग्मेलाई "मै एक" अन्तर्राष्ट्रिय श्रम दिवस मनाउने कार्यक्रमको अवलोकन गर्न निमन्त्रण गरिएको थियो। सो अवसरमा राष्ट्राध्यक्ष माउ च तुंगले थेन आन मन भवनमाथि उहाँसँग भेट गर्नुभयो। "पैचिङ्गमा तपाईंहरुलाई स्वागत। हामी एउटै परिवारका हौं। हाम्रो परिवारको कुराको हामीले सँयुक्त रुपमा छलफल गरेबाट राम्ररी सञ्चालन गर्न पाउँछौं। तपाईंहरुको वार्ता सफल होस मेरो शुभकामना छ।" भन्ने कुरा अध्यक्ष माउ च तुंगले बताउनुभयो।

             त्यस बेला गाबो गावांग जिग्मेको विशेष स्थान र दृढ अडानबाट तिब्बतको शान्तिपूर्ण मुक्ति सम्बन्धी सम्झौता सम्पन्न हुन सकेको हो। यसबारे चर्चा गर्दै विगत लामो समयदेखी तिब्बतको इतिहासबारे अध्ययनरत चीनको तिब्बत शास्त्र अध्ययन संघ अन्तर्गत इतिहास अध्ययन केन्द्रका अध्ययनकर्ता यांग युनले भन्नुभयोः

           " तिनताका श्री गाबो गावांग जिग्मे छांग तु क्षेत्रमा पुरानो तिब्बतको स्थानीय सरकारका सबैभन्दा उच्च स्तरीय अधिकारी हुनुहुन्थ्यो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको चिनियाँ जन मुक्ति सेनासित सबैभन्दा प्रत्यक्ष रुपमा सम्पर्क राख्नुभएका उहाँ पहिलो तिब्बती अधिकारी पनि हुनुहुन्थ्यो। यस्तो सम्पर्कबाट उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको जातिय तथा धार्मिक नीति र तिब्बतको भविष्यका लागि चीनको केन्द्रिय सरकारको महत्वबारे व्यापक रुपमा जानकारी लिनुभएको थियो। आफूले कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो भन्ने कुराबारे उहाँ स्पष्ट हुनुहुन्थ्यो। लामो समयसम्म प्रजातान्त्रिक तथा मैत्रीपूर्ण तवरले आदान-प्रदान गरेर उहाँले महत्वपूर्ण समस्याको समाधान गर्नुभयो।"

          श्री गाबो गावांग जिग्मे प्रथम वार्ताकार हुनुभएको तिब्बतको स्थानीय सरकारको प्रतिनिधि मण्डल र चीनको केन्द्रिय जन सरकारको प्रतिनिधि मण्डलबीचको प्रजातान्त्रिक वार्ता तथा मैत्रीपूर्ण छलफलमार्फत यी दुवै पक्षबीच विभिन्न बिषयबारे पूर्ण रुपमा सहमति जनाइएको थियो। सन् 1951 को मै तेईस तारिखका दिन यी दुवै पक्षले "तिब्बतको शान्तिपूर्ण मुक्तिबारे केन्द्रिय जन सरकार र तिब्बतको स्थानीय सरकारबीचको सम्झौता" मा हस्ताक्षर गरेका थिए। यसमा सत्र वटा मुख्य बिषय रहेकाले यसलाई "सत्र बुँदे सम्झौता" पनि भनिन्छ।

          तिब्बतको शान्तिपूर्ण मुक्ति बल्ल पूरा भयो। तर यसबाट तिब्बतको भूदास व्यवस्थामा परिवर्तन गरिएको थिएन। सन् 1951 देखि 1959 सम्म तिब्बतको प्रजातान्त्रिक सुधार भइरहेको अवधिमा पुरानो तिब्बतको तानाशाही तत्वले विदेशी पृथकतावादी शक्तिसँग जोडेर उक्त "सत्र बुँदे सम्झौता" को कार्यान्वयनमा अवरोध ल्याउन खोजेको थियो। श्री गाबो गावांग जिग्मेको नेतृत्वमा भएको तिब्बत सरकारले तिनीहरुसँग संघर्ष गरी तिब्बत समाजको शान्ति तथा विकासका लागि अथक प्रयास गरेको थियो ।

            यसबारे जानकारी दिंदै चीनको तिब्बती शास्त्र अध्ययन संघअन्तर्गत इतिहास अध्ययन केन्द्रका अध्ययनकर्ता यांग युनले भन्नुभयोः

           "सत्र बुँदे सम्झौताको हस्ताक्षर एक उपलव्धि थियो। तर यसलाई व्यवहारमा उतार्नु अझ महत्वपूर्ण हुन्थ्यो। गाबो गावांग जिग्मेले एकताको संरक्षण गर्नुपर्ने दृढ अडान लिनुभएको थियो। यसका साथै उहाँले तिब्बतका विभिन्न क्षेत्रको मत केन्द्रिय सरकारसमक्ष पनि सुनाउनुभएको थियो। उहाँले गर्नुभएको सामञ्जस्यले तिब्बतको उच्च तहको वर्गमा चिनियाँ कम्युनिष्ट पार्टीद्बारा सञ्चालन गरिएको एकिकृत मोर्चा कार्यमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरिएको थियो। उहाँले प्रजातान्त्रिक सुधारको निकै सक्रियताका साथ समर्थन गर्नुभएको थियो। प्रजातान्त्रिक सुधारबाट तिब्बतलाई जोगाइएको ठहर उहाँको थियो। लाखौं लाख दास-दासीको मुक्तिमा मात्र नभई उहाँले अझ उच्च तहमा दृष्टिकोण पुर्‍याउनुभएको थियो। तिब्बतको भविष्य कहाँ छ? सम्पूर्ण तिब्बती जातिको कसरी विकास हुन्छ भन्ने बिषयमा उहाँले दृष्टिकोण पुर्‍याउनुभएको थियो। पुरानो व्यवस्थालाई पल्टाएबाट तिब्बती जनतामा नयाँ आशा जागेको थियो।"

             सन् 1952 को फेब्रअरीमा चिनियाँ जन मुक्ति सेनाअन्तर्गत तिब्बतमा सैनिक क्षेत्रको स्थापना हुँदा चिनियाँ केन्द्रिय सैन्य आयोगले श्री गाबो गावांग जिग्मेलाई तिब्बत सैनिक क्षेत्रका प्रथम उप-कमाण्डरको पदमा नियुक्त गरेको थियो। उहाँले तिब्बतमा तैनाथ सैनिकहरुको उत्पादन तथा जीवनमा ठूलो महत्व दिनुका साथै रक्षाको मजबुत तथा सिमा क्षेत्रको संरक्षणमा ठूलो योगदान पुर्‍याउनुभएको थियो।

            विगत लामो समयसम्म श्री गाबो गावांग जिग्मेले तिब्बत स्वायत्त प्रदेशका मुख्य नेताको पद सम्हाल्नुभयो। यसका अतिरिक्त उहाँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको तेस्रो, चौथो, पाँचौं, छैठौं र सत्रौं स्थायी समितिका उपाध्यक्ष पनि हुनुहुन्थ्यो। चीनको राष्ट्रिय नेता हुनुभएपछि उहाँले युगको महान सुधारका लागि प्रयास गरी तिब्बतको निरन्तर समृद्धि तथा विकासमा योग्दान पुर्‍याउनुभयो ।

             नयाँ चीनको स्थापना भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका नेताहरुले हरेक महत्वपूर्ण ऐतिहासिक अवधिमा गाबो गावांग जिग्मेसँग भेट गर्नुभएको छ। उहाँसँग सम्बन्धित बिषयबारे छलफल गर्नु वा उहाँको मतबारे जानकारी लिनुहुँदा ती नेताहरुले उहाँको ठूलो विश्वास गरी सदिच्छापूर्ण भावना देखाएर उहाँसँग घनिष्ठ मित्रताको स्थापना गर्नुभएको छ।

             श्री गाबो गावांग जिग्मेको जिन्दगीबारे चर्चा गर्दै चीनको तिब्बत शास्त्र अध्ययन संघअन्तर्गत इतिहास अध्ययन केन्द्रका अध्ययनकर्ता यांग युनले भन्नुभयोः

            "उहाँको जिन्दगी महान छ। उहाँले महत्वपूर्ण ऐतिहासिक सुधारबारे अनुभव गर्नुभएको थियो। तिब्बतको शान्तिपूर्ण मुक्ति भएदेखि यता उहाँले तिब्बतको विकासमा सधैं नै महत्व दिनुभयो। मातृभूमिको एकिकरण र जातिय एकताको संरक्षण आदि महत्वपूर्ण बिषयबारे उहाँले सधैं नै ठीक अडानमा रहेर असल नेताको आकृति देखाउनु भयो।"

              सन् 2008 को मार्च चौध तारिखका दिन तिब्बतको सदरमुकाम ल्हासामा गम्भीर हिंसात्मक गतिविधि भएपछि 99 वर्षको उमेरका गाबो गावांग जिग्मेले पत्रकारसँग कुराकानी गर्दै त्यस्तो हिंसात्मक गतिविधिको कडा निन्दा गर्नुभएको थियो। सो अवसरमा उहाँले पृथकतावाद र पृथकतावाद विरोधी युद्ध दीर्घकालसम्म चल्ने जटिल युद्ध हो भन्दै यसबारे यथेष्ठ रुपमा विचार गर्नुपर्ने कुरा औंल्याउनुभएको थियो। पृथकतावादी शक्तिले कुनै पनि तरिकामार्फत मातृभूमिको एकिकरण, जातिय एकता र सामाजिक स्थायीत्वलाई बिगार्न खोज्ने कुचेष्टा अन्तमा सबै विफल हुने विश्वास पनि उहाँले प्रकट गर्नुभयो।

              तिब्बतको विकासका लागि अथक प्रयास गर्नुभएका श्री गाबो गावांग जिग्मेको एक सय वर्षसम्म चलेको जिन्दगी पूरा भयो। उहाँको एक सय वर्षसम्मको अथक प्रयासले नै आज तिब्बत समाज शान्तिपूर्ण रहेको छ, विभिन्न जातिबीच एकता रहेको छ र जनताको जीवन-स्तर निरन्तर रुपमा माथि उठेको छ। नयाँ तिब्बतको भविष्य अझ उज्ज्वल हुने छ। यो नै श्री गाबो गावांग जिग्मेलाई समबेदना गर्ने सबैभन्दा राम्रो कुरा हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह