फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई विश्व एक्सपोको आयोजना हुन अव एक सय दिन बाँकी

(GMT+08:00) 2010-01-21 20:00:13

           शाङहाई विश्व एक्सपोको आयोजना हुन अव एक सय दिन मात्र बाँकी छ। यस उपल‍क्ष्यमा चीनले आज शाङहाईमा शपथ ग्रहण तथा ठूलो शैलिको साँस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो । चिनियाँ सर्वसाधारणले शाङहाई विश्व एक्सपो आयोजनाको प्रतिक्षा गरि रहेका छन्। सात वर्षसम्मको निष्ठापूर्वक तयारी पछि शाङहाई विश्व एक्सपोको विभिन्न कार्य पुर्वनिर्धारित योजना बमोजिम अघि बढ्दै आएको छ। त्यसका आयोजकले आगामी एक सय दिनको अवधिमा विभिन्न तयारी कार्य धुमधामसँग गर्ने, विश्वका लागि एक सफल र रोचक विश्व एक्सपोको आयोजना गर्ने वचनबद्धता व्यक्त गरेका छन्।

          आज शाङहाई शहरमा आयोजित शपथ ग्रहण समारोहमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ लिनले चीनले एक सफल र रोचक विश्व एक्सपोको आयोजना गर्ने कुरा व्यक्त गर्नुभयो।

          अव शाङहाई विश्व एक्सपोको आयोजना गर्न एक सय दिन मात्र बाँकी रहेको छ। यस्तो महत्वपूर्ण बेलामा हामीले शपथ ग्रहणको भव्यताका साथ आयोजना गरेका छौं। जसले शाङहाई विश्व एक्सपोको आयोजना राम्रोसँग गर्न चीन सरकार तथा चिनियाँ जनताको दृढ अठोट तथा संकल्प अभिव्यक्त गरेको छ। हामीले व्यापक सर्वसाधारण तथा चिनियाँ समाजका विभिन्न क्षेत्रका जनतालाई एक भएर भ्याएसम्म परिचालन गरी एउटा सफल, रोचक विश्व एक्सपोको आयोजना गर्ने अठोट व्यक्त गरेका छौं।

           एक सय दिनपछि शाङहाई विश्व एक्सपोको उद्घाटन हुनेछ। हाल विभिन्न तयारी कार्य अन्तिम चरणमा पुगिरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाङहाई समितिका सचिव यु चङ शङका अनुसार, हाल विश्व एक्सपोको विभिन्न तयारी कार्य सुचारु रुपमा भैरहेका छन्। दुई सय चालीस वटा भन्दा बढी मुलुक तथा अन्तर्राष्ट्रिय संगठन यस एक्सपोमा संलग्न हुने निश्चित भएको छ। विश्व एक्सपोको समबन्धित आधारभूत प्रबन्धको निर्माण सुचारु रुपमा चलिरहेका छन्। यातायात, सुरक्षाको संरक्षण, स्वयंसेवा लगायतका संचालन कार्य क्रमश:अघि बढेको छ भने विश्वमा शाङहाई विश्व एक्सपोको नाउँ व्यापक रुपमा फैलिएको छ।

           विश्व एक्सपो नजीकिंदै आएको परिप्रेक्षमा शाङहाई विश्व एक्सपोले अरु बढी चिनियाँहरुको जीवनमा नयाँ जोस ल्याएको छ। शाङहाईको जुनसुकै ठाउँमा शाङहाई विश्व एक्सपोको सफलताको यन्त्र शाङहाईको सड्कमा उभिएर विश्व सामू मुस्कान छरिरहेको छ। उमेरको प्रवाह नगरि कतिपय समूदाय तथा क्षेत्रका चिनियाँहरुले पनि अंग्रेजी भाषा सिक्न थालेका छन्। अठहत्तर वर्षीय कु मै छिंग शाङहाईबासीहरुमध्येकी गण्यमान्य व्यक्ति हुनुहुन्छ। विश्व एक्सपोको आयोजना गर्ने अनुमति पाएको सात वर्षयता उहाँले शाङहाई विश्व एक्सपोको सामूदायिक कार्यमा सक्रियताका साथ भाग लिनुभएको छ।

           राति सुतेपछि सपना देख्दा मैले पनि विश्व एक्सपोको आयोजना गर्ने प्रतिक्षा गरेकी छु। पैचिङबाट सिक्नुपर्छ। पैचिङबासीले ओलम्पिक खेलकुदको अवधिमा धेरै उत्कृष्ट काम गरेका थिए। हामी पनि पैचिङको पछाडी हुनु हुंदैन। हामीले विदेशी भाषा सक्रियताका साथ सिकिरहेका छौं। शाङहाईमा स्वागत।

            युद्धग्रस्त अफगानिस्तानका कतिपय नागरिकहरुले सञ्चार माध्यममार्फत शाङहाई विश्व एक्सपोलाई ध्यान दिएर शाङहाई विश्व एक्सपोले आफूलाई वास्तविक लाभ ल्याउनसक्ने आशा गरेका छन्। तीस वर्षीय गाउसुदिन फरोटान अफगानिस्तानका एक जना लेखक हुनुहुन्छ। शाङहाई विश्व एक्सपोबारे चर्चा गर्दै उहाँले भन्नुभयो,

           मेरो विचारमा शाङहाई विश्व एक्सपो एउटा विश्व स्तरीय एक्सपो हुनुको कारण त्यसले विभिन्न मुलुक, कम्पनी तथा व्यापारीहरुलाई आफ्नो देश तथा आफ्नो उत्पादका बस्तुको प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। शाङहाई विश्व एक्सपोमा अफगानिस्तानको संलग्नता चीन लगायत धेरै मुलुकहरु बीचको आवत-जावतलाई सबल पार्न हितकर हुने र त्यो अफगानिस्तानको उत्पादित बस्तुको निर्यात तथा जनताको जीवनयापनको स्तरलाई माथि उकास्न ठूलो फाइदा हुने विश्वास मैले लिएको छु।

           शाङहाई विश्व एक्सपोमा विकासोन्मुख मुलुकहरुको संलग्नतालाई सघाउ पुर्‍याउनका लागि चीन सरकारले दश करोड अमेरिकी डलर छुट्याएको छ। शाङहाई विश्व एक्सपोको तान्जनिया प्रदर्शनी कक्षाका प्रतिनिधि, चीनका लागि तान्जनियाका राजदूत ओमार मापुरीले यो रकम तान्जनियाको संलग्नताका लागि अर्थपूर्ण रहेको कुरा वताउनुभयो। उहाँले भन्नुभयो, चीन सरकारको सहायता रकमप्रति हामी धेरै धन्यवाद दिन चाहन्छौं। यो रकम हाम्रो संलग्नताका लागि ठूलो सहयोग हो। सो रकमको प्रयोगमा हामीले पूर्ण रुपमा भाग लिने छौं। हरेक पैसालाई कहाँ प्रयोग गर्ने भन्ने कुराको हामी आफैंले निर्णय गरेका छौ।

            आज आयोजित शपथ ग्रहण समारोहमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ लिनले चीनले तयारी कार्यको गुणस्तरलाई प्रत्याभूति दिने, "शान्तिपूर्ण विश्व एक्सपो" भन्ने लक्ष्यलाई सफल तुल्याउनु पर्ने कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह