फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्त चाडका लागि केही मुलुकका अधिकारीद्बारा शुभकामना व्यक्त

(GMT+08:00) 2010-02-15 18:41:57

           चिनियाँ परम्परागत पात्रो अनुसार, बाघ वर्षको वसन्त चाडका अवसरमा धेरै मुलुकका सरकारी अधिकारीले वसन्त चाड मनाउने कार्यक्रममा भाग लिनुका साथै चिनियाँ जनता तथा विदेशमा रहेका चिनियाँ मूलका विदेशीलाई नव वर्षको शुभकामना दिनुभएको छ।

           अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रुदले आज दिनुभएको दृश्य शुभकामना प्रसारणमा बोल्दै चीन आझ समृद्ध होस भन्ने कामना गर्नुभयो।

           अमेरिकी विदेश मन्त्री हिलरी क्लिन्टनले हिजो एक वक्तव्य प्रकाशित गर्दै चिनियाँ नव वर्ष आपसी सम्मान तथा साझा हितलाई पुनर्पुष्टि गर्ने सुनौलो मौका हो र विभिन्न संस्कृति भएका मुलुकले सहयोगलाई वढाएर भावी चुनौतीको संयुक्त सामना गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

           यसका अतिरिक्त, थाइल्याण्ड, नाइजेरिया तथा ग्रीसका अधिकारीले पनि शुभकामना दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह