फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशमा रहेका चिनियाँ तथा चिनियाँ मूलका विदेशी चिनियाँ बाघ वर्ष मनाउँदै

(GMT+08:00) 2010-02-15 18:58:36

           चिनियाँ परम्परागत पात्रो अनुसार, बाघ वर्षको वसन्त चाडको उपलक्ष्यमा विदेशमा रहेका चिनियाँ तथा चिनियाँ मूलका विदेशीले विविध कार्यक्रमको आयोजना गरी परम्परागत वसन्त चाड मनाउँदै छन्।

           थाइल्याण्डको राजधानी बैंङ्ककमा चीनका दश वटा प्रान्तबाट गएका सांस्कृतिक प्रदर्शन टोलीले दर्शकहरुलाई पैचिङ्ग ओपेरा, नाच तथा लोक संगित लगायत चिनियाँ सांस्कृतिक विशेषतायुक्त कार्यक्रम प्रदर्शन गरेका छन्। लाखौं लाख बैंङ्ककबासी तथा विदेशी पर्यटकले उक्त प्रदर्शन हेरेका थिए।

           अमेरिकाको राजधानी वासिङ्गटनमा आयोजित महोत्सवमा विविध किसिमका चिनियाँ खाद्य, नाचगान, कुङफु तथा संगित कार्यक्रमको प्रदर्शन गरिएको छ।

           ग्रीसको राजधानी एथेन्समा चिनियाँ चिया कला, कागज काटन तथा खाद्यले हजारौं जनालाई आकर्षित गरेको छ।

            यसका अतिरिक्त, तान्जनिया, आर्जिन्टिना तथा फ्रान्समा पनि वसन्त चाड मनाउन विभिन्न कार्यक्रमको आयोजना गरियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह