फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राष्ट्राध्यक्षद्बारा फु च्यान प्रान्तका नागरिकहरुसँग वसन्त चाड मनाउनुभएको

(GMT+08:00) 2010-02-16 09:15:09

           यसै महिनाको 12 देखि 15 तारिखसम्म चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चीनको दक्षिण-पूर्वी भागको फु च्यान प्रान्तका च्वाङ्ग चु,लुङ्ग येन,स्वा मन आदि शहरमा पुगी समस्त सर्वसाधारण र त्यहाँ बस्ने थाइवानी बन्धुहरुसँग नयाँ वसन्त चाड मनाउनुभएको छ।

           नयाँ वसन्त चाडको पहिलो र दोस्रो दिन श्री हु चिन थाउले स्वा मन शहरको व्यवसाय,बन्दरगाह आदि क्षेत्रको निरीक्षण गर्दा त्यहाँ वसन्त चाड मनाइरहेका नागरिकहरुलाई नयाँ वर्षको शुभकामना पठाउनुका साथै व्यापारिक रुपमा त्यहाँको आर्थिक तथा सामाजिक विकासको स्थितिको निरीक्षण गर्नुभएको छ।

           स्वा मनको मातृभूमि-थाइवान दुई किनार आदान-प्रदान बन्दरगाहको निरीक्षण गर्दै श्री हु चिन थाउले माल सामानको ढुवानी र यात्रु आवत-जावतसम्बन्धी आवस्थाको जानकारी लिनुका साथै त्यहाँका कर्मचारीहरुले दुई किनाराबीचको आर्थिक तथा व्यापारिक सहयोगलाई प्रवर्द्धन गरी अर्थतन्त्र स्थिर र छिटो विकास गर्न अझ ठूलो योगदान दिन प्रोत्साहन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह