फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नागरिकद्वारा "कम कार्बनयुक्त वसन्त चाड" को प्रचार-प्रसार

(GMT+08:00) 2010-02-18 16:30:47

             सात दिनसम्म भएको बाघवर्षको वसन्त चाड सम्पन्न हुन लागेको छ। चालुवर्षको वसन्त चाडका अवधिमा चीनका विभिन्न ठाउँका आम बासिन्दाहरुले "कम कार्बनयुक्त वसन्त चाड" को सक्रियताका साथ प्रचार-प्रसार गरेका छन्।

             सिन ह्वा समाचार समितिका अनुसार, चीनका कतिपय वेभसाइटको मञ्चमा "कम कार्बनयुक्त वसन्त चाड" कसरी मनाउने भन्नेबारेको हजारौं सूचनालाई लाखौं-लाख पटक थिचिएको थियो। त्यसअतिरिक्त, वसन्त चाडको अवधिमा दिने उपहारको परिवर्तनबाट चिनियाँहरुको कम कार्बनसम्बन्धी चेतना बढेको देखिन्छ। कोहीले चुरोट तथा रक्सीको सट्टामा अरुलाई वनस्पति उपहार दिएका छन् भने कोहीले कागजी कार्डको सट्टामा इ-कार्ड पठाएका छन्।

             परम्परागत रीतिरिवाजको निरन्तरताको आधारमा चीनको वसन्त चाड झन् झन् हरित हुने विशेषज्ञले दाबी गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह