फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्ययावरणीय पर्यटनबाट नाम्से गाउँ धनी बनेको -1

(GMT+08:00) 2010-02-24 14:11:36

               पूर्वको स्वीसको नाउँबाट विभूषित चीनको तिब्बत स्वायत्त प्रदेशको निंगची क्षेत्रमा नाम्से नामक एउटा सानो बस्ती छ। त्यो स् छुआन तिब्बत राजमार्गमा पर्छ साथै प्रख्यात बासुम रमणीय पर्यटन क्षेत्र र बृहद्‍ यार्लुंग जान्बो नदी खोंचतर्फ जाँदा बाटोमै पर्ने ठाउँ हो। हिउँद ऋतुमा आवत जावत गरिरहेका मानिसहरुको हुल तथा छिटोछिटो गुडीरहेका गाडीहरुले नाम्से सानो गाउँ बस्तीलाई जीवन्त शक्ति ल्याइदिएका छन्।

              पर्यटन व्यवसाय त्यतिको व्यस्त नभएको याममा पनि बाटोको दुवैपट्टि रहेका विभिन्न स्वादका खाना पाउँने रेष्टुराँहरुमा खाना खान आएका मानिसका पाइला रोकिएका छैनन्। यहाँ मानिसको आँखा तान्ने कुरा के हुन् भने सो बस्तीमा धेरै स्थानीय बासिन्दाले संचालन गरेका स्थानीय विशेषतायुक्त वस्तु बिक्री पसलहरु । ती पसलमा तयार गरिएका स्थानीय च्याउ र यार्शागुम्बु आदि वस्तुहरुको गुणस्तर उच्च छ र सुलभ मूल्य छ। त्यसैले व्यापार पनि निकै बढेको देखिन्छ।

             तर कुरा के छ भने अघिअघि सो नाम्से गाउँमा आठवटा परिवारका सत्ताइसजना मानिस मात्र थिए। गाउँलेहरु प्रायःजसो पहाडबाट दाउरा काटेर बेच्ने काममा मात्र भर परेर पेट भर्थे। श्रम गर्ने मानिस कम भएका कारण गाउँलेहरुको खाने अन्नपात नै हुँदैनथ्यो। एक वर्षमा आधाजति समयलाई खान चाहिने अन्नपातका लागि उनीहरुले सरकारसमक्ष उद्धार अन्न पाउँ भन्ने दर्खास्त दिनु पर्दथ्यो। सन् 1959 मा बासुम रमणीय पर्यटकीय क्षेत्रको विकास गरिएबाट नाम्से गाउँ भएर जाने पर्यटकहरुको संख्या वर्षैपिच्छे बढिरहेको छ।

             स्थानीय सरकारले यस्तो सुअवसर देखेर नाम्से गाउँ र वरिपरिका गाउँ बस्तीहरुलाई सीलबन्द भइरहेको पहाडी गाउँबाट बाह्य संसारतर्फ जान डोर्‍याउने काम गर्न थालेको थियो। स्थानीय कार्यकर्ता सोनाम वाँगदुले जानकारी दिंदै उक्त सोच-विचारले यस सानो गाउँमा नयाँ उषा पलाएको कुरा बताउनुभयो।

            नाम्से गाउँका युवा प्रमुख नीमाले नाम्से गाउँमा भएको परिवर्तन स्वयं आफ्नै आँखाले देखिसकेका छन्।

                चवालीस वर्षीय फुर्बु छेम्जोंग यस गाउँकी एकजना महिला बासिन्दा हुन्। उनको परिवारको जीवनमा पनि पर्यटन व्यवसायबाट आमूल परिवर्तन आएको देखियो।

               पर्यटन व्यवसायको डोर्‍याईमा नाम्से गाउँको जनसंख्या पहिलेको सत्ताइसजनाबाट बढेर अहिले नब्बेजना पुगेको छ साथै यो गाउँ समस्त जिल्लाको सबैभन्दा धनी गाउँ बनेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह