फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्ययावरणीय पर्यटनबाट नाम्से गाउँ धनी बनेको -2

(GMT+08:00) 2010-03-03 10:18:30

               तिब्बतमा नाम्से गाउँजस्ता गाउँहरु थुप्रै छन्। हाल तिब्बतका नौ हजार खलक परिवारका किसान र पशुपालकहरुले पर्यटन व्यवसायमा हात हालेका छन।

             निंगची क्षेत्रीय पर्यटन व्यूरोका उप प्रमुख लिउ चेनले भन्नुभयो- यस क्षेत्रको पर्यवारणीय पर्यटन व्यवसायको विकास अझै पनि प्रारम्भिक चरणमा रहेको छ। हाल समस्त क्षेत्रीय पर्यटन विकासको गुरु योजना, विभिन्न पर्यटकीय रमणीय क्षेत्रको परिकल्पना र विभिन्न जिल्लाको पर्यटन परिकल्पनाको तर्जुमा क्रमशः गरिंदैछ। पर्यावरणीय पर्यटन कार्यले अरु बढी रुपमा तिब्बती जनताको जीवनलाई झन राम्रो बनाउँनेछ। 

              पर्यटन व्यवसायबाट वातावरणलाई नोक्सान पुर्‍याउँछ कि भनेर कसै कसैलाई चिन्ता पनि लागेको छ। तर निंगची क्षेत्रीय पर्यटन व्यूरोका उप प्रमुख दाद्राक लामो निकै आशावादी देखिनुहुन्छ। उहाँले भन्नुभयो- वास्तवमा स्थानीय बासिन्दाहरुले पर्यटन व्यवसायको विकासबाट लाभ पाएका छन्। उनीहरुमा वातावरण संरक्षणको भावना जागृत भएको छ। अहिले उनीहरुले स्वतः स्फुर्त रुपमा पर्यटन थलोवरिपरिका फोहोर कसिंगर टिपेर निश्चित ठाउँमा फाल्न लैजान्छन्। पहाडी वनको संरक्षण गर्नकालागि गाउँलेहरुले पर्यावरणीय संरक्षण दलको स‌थापना गरेका छन्। अब यस गाउँमा छिटै नै गोबर ग्याँसको प्रयोग गर्न थालिनेछ। गाउँलेहरुले गाउँको भाग्य साँच्चै नै पर्यवरणीय वातावरणको भाग्यसित जोडिएको रहेछ भन्ने कुरा स्पष्टताका साथ बुझिसकेका छन।

                अहिले नाम्से गाउँ फेरि एकपटक अन्त सर्ने तयारीमा छ। उनीहरुले नजिक ठाउँमा एउटा झन नयाँ र झन ठूलो खालको गाउँ बनाउन चाहन्छन्। अहिलेको सम्पूर्ण पुरानो गाउँ र पसलहरु बाहिरबाट आएका व्यापारीहरुलाई भाडामा दिने उनीहरुको विचार छ।

              पर्यटन व्यवसायबाट धनी बन्दै आएका नाम्से गाउँका बासिन्दाहरुमा झन ठूलो महत्वाकांक्षा छ। उनीहरुमध्ये कुनै कुनै मानिसले ढुवानी कार्य गरिरहेका छन् र कुनै कुनैले इटा कारखानाको स्थापना गरेका छन। नाम्से गाउँका युवा प्रमुख निमाले छिटै हुने सराइबाट नाम्से गाउँले झन धनी बन्ने दिशातर्फ अर्को एक ठूलो पाइला सार्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह