फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वका आँखा चीनका दुई सम्मेलनतर्फ आकर्षित

(GMT+08:00) 2010-03-03 09:27:58

          वार्षिक अधिवेशनका लागि चिनियाँ राष्ट्रिय जन कङ्ग्रेस र चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलनका देशभरका सदस्यहरू पैचिङमा भेला हुन थालेका छन्।आज तीन तारिखबाट राजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशन सुरु भएको छ भने पर्सि पाँच तारिख शुक्रबारदेखि चिनियाँ राष्ट्रिय जन कङ्ग्रेसको वार्षिक अधिवेशन सुरु हुने भएको छ।

          विश्वव्यापी बैङ्किङ सङ्कटले विश्वलाई धराशयी बनाइरहेकै अवस्थामा चीनले भने सन् 2009 मा सन्तोषजनक आर्थिक वृद्धि हासिल गरेको छ । तर चालुवर्ष चीनले आफ्नो आर्थिक अवस्थामा कस्तो विकास हासिल गर्ला भन्ने बारेमा विश्वका नागरिक प्रतीक्षा गरेर बसेका छन्।यही कुरा स्पष्ट हुनका लागि विश्वभरका पत्रकारहरू चीनका दुई ठूला अधिवेशनतर्फ आकर्षित् भएका छन्।

           पश्चिमा कतिपय सञ्चारमाध्यमहरूले चीन विश्व आर्थिक सङ्कटबाट उम्किएता पनि यसले व्यापारिक समस्या तथा मुद्रा स्फितिको चुनौति बेहोरिरहनु परेको जनाएका छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह