फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको तेस्रो अधिवेशन सुरु

(GMT+08:00) 2010-03-03 16:44:58

           चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको तेस्रो अधिवेशन आज दिउँसो पैचिंगमा सुरु भएको छ। श्री हु चिन थाउ, श्री ऊ पाङ्ग को, श्री वन च्या पाउ, श्री च्या छिङ लिनआदि चिनियाँ नेताहरु उक्त अधिवेशनमा उपस्थित हुनुहुन्थ्यो।

           चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष च्या छिङ लिनले उदघाटन समारोहमा स्थायी समितिको नीति तथा कार्यक्रम पेश गर्नुभयो । श्री च्याले जन राजनैतिक परामर्शदात्री सम्मेलनले राजनैतिक मामिलामा नागरिकहरुको संलग्नतालाई विस्तार गर्ने भूमिका निर्वाह गर्नुपर्ने, विभिन्न पार्टी, विभिन्न समूह, विभिन्न जाति, विभिन्न क्षेत्रका व्यक्तिहरु राष्ट्रिय मामिलामा सहभागी गराउनुपर्ने कुरा पनि बताउनुभयो।

           श्री च्याले गतवर्ष चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनले अन्तर्राष्ट्रिय बैकिङ संकटको धक्काको सक्रियताका साथ सामना गरेको, अर्थतन्त्रको स्थिर तथा छिटो विकासका लागि प्रस्ताव प्रस्तुत गरेको, केही प्रस्तावहरुले राष्ट्रिय समष्टिगत अर्थतन्त्रको नीतिका लागि सहयोग दिएको कुरा बताउनुभयो। यसका साथै श्री च्याले चालुवर्षमा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको मुख्य कार्य आर्थिक विकासको तरिका मोड्ने गति प्रदान गर्ने र सर्वसाधारणको जीवनको सुनिश्चितता र सुधार गर्ने विषयहरुबारे प्रस्ताव प्रस्तुत गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह