फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको तेस्रो अधिवेशन शुरु भएकोमा जन दैनिकद्बारा अभिवादन

(GMT+08:00) 2010-03-03 12:15:06

            चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन एघारौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन शुरु भएकोमा जन दैनिक समाचार-पत्रले आज तीन तारिखका दिन एक सम्पादकीय प्रकाशित गरी अभिवादन व्यक्त गरेको छ।

           सम्पादकीयमा लेखिएको छ: सन् 2010साल चीनले अन्तर्राष्ट्रिय आर्थिक संकटको सामना गर्ने र अर्थतन्त्रलाई स्थयी रुपमा विकसित पार्दैआएको एक महत्वपूर्ण वर्ष हुनेछ।जन राजनैतिक परामर्शदात्री सम्मेलनले राजनैतिक परामर्शको कार्यान्वयन गर्ने, प्रजातन्त्रको अनुगमन गर्ने र राज्य मामिलामा सहभागी भई यसबारे छलफल गर्ने कार्यको प्रभावकारीतालाई बढाउनु पर्छ। विज्ञान तथा प्रविधिको विकास र सामाजिक मेलमिलाप बढाउनु, मातृभूमिको एकीकरण र कूटनीतिक कार्यलाई प्रवर्द्धन गर्नुपर्छ।यसबाहेक राजनैतिक परामर्शदात्री सम्मेलन आफ्नो निर्माणलाई सबल पार्नुपर्छ र काम गर्ने आफ्नो दक्षता बढाउनुपर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह