फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिनद्बारा जन राजनैतिक परामर्शदातृ सम्मेलनको कार्यलाई आगोझैँ ह्वारह्वार बलिरहने बनाउनुपर्ने कुरा व्यक्त

(GMT+08:00) 2010-03-03 19:12:48

            वसन्त ऋतुमा रहेको चीनको राजधानी पैचिंगमा चिसो हावा बगे तापनि वसन्तको न्यानोपन देखापरेको छ। मार्च तीन तारिख दिउँसो चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको तेस्रो अधिवेशन जनबृहद्‍ सभा भवनमा उद्‍घाटन भएको छ। चीनका पार्टी र राज्यका नेतागण हू चिन थाउ, ऊ पाँग को, वन च्या पाउ र च्या छिंग लिन चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका दुई हजार एक सयजना सदस्यहरु सो उद्‍घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो।

            चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिनले चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको वर्तमान राष्ट्रिय समितिका तर्फबाट वार्षिक कार्य प्रतिवेदन दिनुभयो। उहाँले "एकताबद्ध मेलमिलाप, व्यवहारिक प्रगति र जल्दो बल्दो विकास" भन्ने बाह्रवटा चिनियाँ अक्षरको प्रयोग गरी वितेको एक वर्षभित्र राजनैतिक परामर्शदातृ सम्मेलनले प्राप्त गरेको कार्यको साराँश झिक्नुभयो साथै छ पक्षबाट नयाँ वर्षमा राजनैतिक परामर्शदातृ सम्मेलनको कार्यभारलाई प्रष्ट्याउनुभयो। उहाँले जन राजनैतिक परामर्शदातृ सम्मेलनको कार्यलाई आगो झैं ह्वार ह्वार बलिरहन तुल्याउनुपर्ने कुरा व्यक्त गर्नुभयो।

             मानिसले के कुरालाई दृष्टिगत गरेको छ भने आर्थिक विकासको प्रबर्द्धन गर्ने र सामाजिक स्थिति र जनताको जीवनयापनलाई सुधारर्ने कुरा चाहिं उक्त कार्य प्रतिवेदनले जोड दिएएका दुईवटा गुदीरुपी विषय हुन् साथै यो गत वर्षमा राजनीतिक परामर्शदातृ सम्मेलनको मुख्य कार्य थियो र चालू वर्षको केन्द्रीय कार्यभार हुनेछ।

             सन 2009मा अन्तर्राष्ट्रिय बैकिंग संकटबाट प्रभावमा चीनको आर्थिक विकासक्रम गम्भीर परीक्षणमा परेको छ। चीनको सर्वोच्च राजनैतिक परामर्श अंगको रुपमा रहेर राजनैनिक परामर्शदातृ सम्मेलनका बुद्धिमान सदस्यहरुले सक्रियताका साथ राष्ट्रिय अर्थतन्त्रको स्थिर र छिटो विकासका लागि धेरै राम्रा राम्रा सुझावहरु प्रस्तु गरेका थिए।

             अध्यक्ष च्या छिंग लिनले आफ्नो कार्यप्रतिवेदनमा ती प्रस्तावहरुको सकारात्मक मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय बैंकींग संकटको सामना गरेको कुराबाट जन राजनैतिक परामर्शदातृ सम्मेलनले राज्य मामिलामा भाग लिने र यस बारे छलफल गर्ने स्तरका लागि गरिएको महत्वपूर्ण परीक्षा हो भन्नुभयो।

             वर्तमान अधिवेशनका प्रवक्ता चाउ छी चँगले अन्तर्राष्ट्रिय बैंकींग संकटको सामना गर्ने कुरा चाहिं यसै वर्षमा जन राजनैतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्यहरुले सबैभन्दा बढी ध्यान पुर्‍याउनुभएको, सबैभन्दा समय लगाउनुभएको र साथै सबैभन्दा बढी सफलता प्राप्त गर्नुभएको एक प्रमुख विषयवस्तु भएको ठहर लिनुभएको छ।

               बितेका एक वर्षमा चीनको अर्थतन्त्र सन्तोषजनक भएता पनि अन्तर्राष्ट्रिय मौद्रिक सङ्कटको प्रभाव पूर्ण रुपमा हटेको छैन। चीनको अर्थतन्त्रको विकाससामु देखा परेका कठिनाइ, चुनौति तथा निहित खतरामा पनि महत्व दिनुपर्छ। यस पटकको सम्मेलनमा राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यले आर्थिक विकासको तरिकाको परिणत, अर्थतन्त्रको स्थिर तथा छिटो विकासको प्रवर्द्धन सम्बन्धी अझ धेरै नयाँ प्रस्ताव ल्याउनुभएको छ।

               जनताको दैनिक जीवनसँग घनिष्ठ सम्बन्ध भएका अवस्थाको सुधार तथा सामाजिक मेलमिलापको स्थिरताको प्रवर्द्धन गत वर्ष राजनैतिक परामर्शदात्री सम्मेलनमा तोकिएको मुख्य कार्य हो। यस पटकको सम्मेलनका प्रवक्ता चाउ छी चङले यसबारे चर्चा गर्दै भन्नुभएको छः "हामीले विशेष जाँच टोलीको गठन गरेर हैलुङ च्याङलगायत् देशका तेह्र वटा अन्नपात उत्पादन प्रान्तीय राजनैतिक परामर्शदात्री सम्मेलनसँगै संयुक्त जाँच गरेका छौँ। अन्नपातको उत्पादनको स्थिरता, किसानको आम्दानीको वृद्धि, ग्रामीण क्षेत्रमा उपभोगको प्रवर्द्धनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छौँ। यसका साथै हामीले वन छुआवान भूकम्पपछिको पुनर्निर्माण अवस्थालगायतका धेरै जाँच टोलीको गठन गरी सम्बन्धित विषयबारे जाँच गरेका छौँ। यसका अतिरिक्त, ग्रामीण क्षेत्रमा पेन्सन बिमा अवस्था, बजारमा पाइने सस्तो औषधिको कमी, निष्पक्ष शिक्षा लगायतका विविध विषयबारे पनि महत्वपूर्ण राय-सुझाव दिएका छन र सम्बन्धित विभागले ती प्रस्तावमा महत्व दिएर केही प्रस्तावलाई व्यवहारमा ल्याएका छन।"

               चीन राष्ट्रिय राजनैतिक परामर्शदात्री सम्मेलन व्यापक प्रतिनिधित्व तथा सहनसिलता भएकाले समाजका विभिन्न क्षेत्र सम्बन्धी समस्याले सम्मेलनका सदस्यबाट ध्यानाकर्षण पाएका छन। यो ती सदस्यहरुले राजनैतिक मामिलामा भाग लिने र छलफल गर्ने आफ्नो भूमिकालाई निर्वाह गरेको संकेत हो। सम्मेलनका अध्यक्ष च्या छिङ लीनले भविष्यमा यस सम्बन्धी कामबारे चर्चा गर्दै भन्नुभएको छः "समाजबादी प्रजातान्त्रिक राजनीतिको विकास तथा व्यवहारलाई मिलाएर नागरिकहरुले राजनैतिक मामिलामा भाग लिने तरिका तथा उपायलाई विस्तार गर्ने क्रममा जन राजनैतिक परामर्शदात्री सम्मेलनले आफ्नो भूमिकालाई यथेष्ठ रुपमा खेल्ने छ। विभिन्न पार्टी, समूह, जाति, तह तथा क्षेत्रका व्यक्तिहरुलाई भेला गराइ राष्ट्रिय मामिलामा भाग लिन गराउनुका साथै विशेष विचारविमर्श, वार्ता तथा छलफललाई विस्तार गर्नुपर्छ। जसबाट जन राजनैतिक परामर्शदात्री सम्मेलनमार्फत जनमतलाई देखाउने, व्यवाहारिक कामलाई वास्तविक रुपमा सुधार गर्ने छ र चिनियाँ कम्युनिष्ट पार्टीको संचालन क्षमतालाई उकास्ने तरिका तथा उपायलाई प्रभावकारी पारिनेछ।"

              चीनको राजनैतिक जीवनमा समाजबादी प्रजातन्त्रलाई देखाउने महत्वपूर्ण उपायको हैसियतले जन राजनैतिक परामर्शदात्री सम्मेलनले देशको राजनैतिक जीवनमा नभइनहुने भूमिका निर्वाह गर्दै छ। यस कामलाई कसरी अझ राम्रा बनाउने बारेमा जोड दिँदै अध्यक्ष च्याले भन्नुभएको छः "एकता तथा प्रजातन्त्र यी दुईवटा मुख्य विषयलाई जोड दिएर विविध किसिमका सम्बन्धलाई राम्रोसँग मिलाएर विभिन्न शक्तिलाई भेला गराउनुपर्छ। मूल स्थितिका लागि राय-सुझाव दिएर बैज्ञानिक विकासलाई अघि बढाउनुपर्छ। समाजको मेलमिलापको प्रवर्द्धन क्षेत्रमा नयाँ प्रगति हासिल गरेर देशको शान्ति तथा एकीकरण एवम् बैदेशिक आदान-प्रदानको विस्तारमा अझ नयाँ भूमिका निर्वाह गर्नुपर्छ। आफ्नो निर्माणलाई बढाएर जन राजनैतिक परामर्शदात्री सम्मेलनको कार्यलाई अझ वैज्ञानिकीकरण गर्नुपर्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह