फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आई. रेडियो श्रोता क्लब परिवार मैत्रीचोक 4, कुश्मा, पर्वतका अध्यक्ष राजेन्द्र पहाडीद्धारा शुभकामना पठाएको

(GMT+08:00) 2010-03-03 19:36:00
         चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलको सफलताको कामना गर्दै सी.आर.आई. रेडियो श्रोता क्लब परिवार मैत्रीचोक 4, कुश्मा, पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले नेपाली सेवालाई हार्दिक शुभ कामना पठाउनुभएको छ।

             चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको भब्य सफलताका लागि हार्दिक मंगलमय शुभकामना तथा बधाई ।मार्च 3 तारिख देखि शुरु भएको चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न हुने कुरामा हामी आशावादी छौं । चिनियाँ कम्यूनिष्ट पार्टीको महत्वपूर्ण् संस्था भएकाले यसले नयां चीनलाई विश्वको झल्झलाउँदो आशाको रुपमा विकास गर्ने, चिनियाँ कम्यूनिष्ट पार्टीको नेतृत्वलाई अझ सुदृढ र बलियो बनाउने

         नीति र कार्यक्रमहरु तय गर्नेछ । वर्तमान विश्वमा देखापरेको अमेरिकी दादागिरीलाई नजिकैबाट चुनौति दिन चीन सक्षम हुने कुरामा अब कुनै शंका गर्ने ठाँउ छैन ।

         महान, सम्पन्न, सुदृढ र एकिकृत चीन निर्माणका दिशामा मार्ग प्रसस्त गर्न चिनियाँ जनराजनैतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको चालु बैठकको यो अधिवेशन पूर्ण सफल रहन सकोस् भन्ने हार्दिक कामना ब्यक्त गर्दछौ । नेपाल र चीनबीचको सदियौं देखिको मैत्रीपूर्ण सम्बन्ध अझ गाढा र सुमधुर बन्न सकोस् भन्ने हार्दिक शुभकामना पनि व्यक्त गर्दछौ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह