फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य पेइचिँगमा

(GMT+08:00) 2010-03-03 20:28:47

        चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिको वार्षिक सम्मेलन आज तीन तारिख पेइचिँगमा शुरु भयो। विभिन्न पार्टी, समूह , जाति तथा क्षेत्रका दुई हजार जनाभन्दा बढी सदस्यहरु आ आफ्नो प्रस्ताव लिएर पेइचिँगमा आउनुभएको छ। आगामी दश दिनको अवधिमा उहाँहरुले आफ्ना विचार र जनताको रुचिबारे प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

          आन ह्वी प्रान्तको इस्लाम धर्म परिषदका उप-प्रमुख मु ख फाले पत्रकारसँग कुराकानी गर्दै सम्मेलनमा भाग लिन पाएकोमा खुशि लागेको र अल्पसंख्यक जाति तथा क्षेत्रको विकास र अल्पसंख्यक जातिका मानिसको तालिम सम्बन्धी प्रस्ताव आफूले प्रस्तुत गर्ने कुरा व्यक्त गर्नुभयो।

           त्यसबाहेक शिक्षा, चिकित्सा आदि विषय पनि सदस्यहरुका प्रस्तावमा रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह