फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुईवटा राष्ट्रिय अधिवेशनप्रति नेपाली सञ्चारकर्मीहरुले शुभकामना व्यक्त गरेका छन्

(GMT+08:00) 2010-03-04 17:38:11

             हिजो सुरु भएको चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलनको 11 औं राष्ट्रिय समितिको तेस्रो अधिवेशन र पर्सि शुरु हुने चिनियाँ राष्ट्रिय जनकांग्रेसकोवाषिक अधिवेशनप्रति नेपाली सञ्चारकर्मीहरुले शुभकामना व्यक्त गरेका छन् ।सि.आर.आई.सँग कुरा गर्दै वरिष्ठ पत्रकार देवेन्द्र गौतमले यी दुवैअधिवेशनमाफत नयाँ चीनले विश्वमा अझै गतिमान बनाउने आशा आफूले लिएकोबताउनुभयो । उहाँले दुवै सम्मेलन भव्य रुपमा सपल बनुन् भनी शुभकामना पनि व्यक्त गर्नु भएको छ । त्यसैगरी पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले नेपालको अशलछिमेकी राष्ट्र चीनका राजनीतिक सर्वोच्च अंगको वाषिक अधिवेशनले राष्ट्रिय नीतिबनाइ नयाँ आर्थिक विकास गर्न सफल हुने शुभकामना व्यक्त गर्नु भएको छ ।पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीले सि.आर.आई.सँग कुरा गर्दैचिनियाँ प्रगति एसियाका लागि मात्र नभएर विश्वकै लागि प्रेरणाको श्रोत भएको उल्लेखगर्नुभयो । उहाँले चिनियाँ जनता र चीनलाई चिनियाँ कम्युनिष्ट पार्टीको सफलनेतृत्व तथा चिनियाँ सरकारलाई निर्दिष्ट गर्ने दुवै सम्मेलनले विश्वमा नयाँ सन्देशछर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।दुवै सम्मेलन चीनको राजनीतिक तहमा सर्वोच्च अंग हुन् । नीति निर्माण गर्ने,बजेट तर्जुमा गर्ने र अघिल्ला नीति तथा कार्यक्रमको कार्यान्वयनको मूल्यांकन गर्ने काम पनि यी दुई सम्मेलनहरुले गर्ने गर्दछन् ।

चेतनाथ आचार्य

सि.आर.आई.

काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह