फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन काङ्ग्रेसको नियमित वार्षिक अधिवेशनद्बारा पहिलो पत्रकार सम्मेलन आयोजना

(GMT+08:00) 2010-03-04 17:40:05

           चिनियाँ जन काङ्ग्रेसको नियमित वार्षिक अधिवेशन भोलि पैचिङमा सुरु हुनेभएको छ। आज बिहान वर्तमान अधिवेशनको प्रथम पत्रकार सम्मेलन आयोजना भयो। उक्त अधिवेशनका प्रवक्ता लि चाउ सिङ्गले विषय-सूची र तयारी अवस्थाबारे जानकारी दिनुका साथै स्वदेशी तथा विदेशी पत्रकारहरुको प्रश्नको उत्तर दिनुभयो।

            श्री लि चाउ सिङ्गले सर्वप्रथम वर्तमान अधिवेशनको विषय-सूचीबारे जानकारी दिनुभयो। चिनियाँ जन काङ्ग्रेसको वर्तमान नियमित वार्षिक अधिवेशन भोलि बिहान सुरु हुनेभएको र चौध तारिख बिहान सम्पन्न हुने भएको छ। उक्त अधिवेशनमा सरकारको कार्य-प्रतिवेदनबारे लेखाजोखा गरिने, योजना-प्रतिवेदनमाथि जाँचबुझ र अनुमोदन गरिने, बजेट-प्रतिवेदनमाथि जाँचबुझ र अनुमोदन गरिने, चिनियाँ जन काङ्ग्रेसको स्थायी समितिद्बारा पेश गरिएको "चिनियाँ जन काङ्ग्रेस तथा क्षेत्रीय जन काङ्ग्रेसको निर्वाचन ऐनको संशोधित प्रस्तावको मसौदा"बारे लेखाजोखा गरिने, चिनियाँ जन काङ्ग्रेसको स्थायी समितिको कार्य-प्रतिवेदनबारे लेखाजोखा गरिने छ।

            वर्तमान अधिवेशनको विषय-सूचीअनुसार, चिनियाँ जन काङ्ग्रेसको स्थायी समितिले "चिनियाँ जन काङ्ग्रेस तथा क्षेत्रीय जन काङ्ग्रेसको निर्वाचन ऐनको संशोधित प्रस्तावको मसौदा"बारे लेखाजोखा गर्न पेश गर्ने छ। यो सन् 1979देखि यता "निर्वाचन ऐन" पाँचौँ पटक संशोधन गरिएको हो। त्यसबारे लिएर श्री लि चाउ सिङ्गले भन्नुभयो: "चीनमा शहर र ग्रामीण क्षेत्रको समान अनुपातअनुसार चिनियाँ जन काङ्ग्रेसका प्रतिनिधिहरु निर्वाचित गरिने पूर्वाधार पूर्ण भइसकेको छ। त्यसैले निर्वाचन ऐनको संशोधित प्रस्तावको मसौदाअनुसार, शहर र ग्रामीण क्षेत्रले जनसङ्ख्याको समान अनुपातअनुसार चिनियाँ जन काङ्ग्रेसका प्रतिनिधिहरुको निर्वाचन गर्नुपर्छ। जसबाट मानिस-मानिसबीच समानता, क्षेत्र-क्षेत्रबीच समानता, जाति-जातिबीच समानताको सिद्धान्त साकार तुल्याउन सकियोस्।"

              प्रतिरक्षा बजेट समम्याबारे श्री लिले भन्नुभयो---सन् 2010मा चीनको प्रतिरक्षा बजेट पाँच खर्ब बत्तीस अर्ब एघार करोड पचास लाख चिनियाँ युआन पुग्नेछ। जुन गतवर्षको बजेटभन्दा सैँतीस अर्ब एघार करोड साठी लाख चिनियाँ युआन वृद्धि भएको छ। चालुवर्षमा प्रतिरक्षाको थप बजेट चीनको विशेषतायुक्त सैनिक सुधारलाई सवल पार्ने, सेनाले धेरै सुरक्षा धम्कीको सामना गर्ने र बहुपक्षीय सैनिक कार्यभार पूरा गर्ने क्षमतालाई सबल पार्ने कुरामा प्रयोग गरिने छ। यसबाहेक, केही बजेट सैनिकहरुको जीवनमा सुधार गर्ने कुरामा प्रयोग गरिने छ। यसका साथै श्री लिले चीन शान्तिपूर्ण विकासको बाटोमा अडिग रहने र प्रतिरक्षा नीति लागु हुने कारणले चीनको प्रतिरक्षा बजेट जी.डी.पी.मा ओगटेको अनुपात बढी भएको छैन भन्ने कुरामा जोड दिनुभयो। श्री लिले भन्नुभयो: "विगत केही वर्षदेखि यता चीनको कूल गार्हस्थ उत्पादनमध्ये चीनको प्रतिरक्षा खर्च 1.4 प्रतिशत मात्र ओगटेको छ। जुन अमेरिका, बेलायत, फ्रान्स, रुस आदि मुलुकहरुभन्दा कम भएको छ। चीन सरकारले बजेट ऐन र प्रतिरक्षा ऐनअनुसार सैनिक बजेटको पारदर्शितालाई निरन्तर रुपमा बढाएको, हरेक वर्ष प्रतिरक्षा बजेटलाई राष्ट्रिय बजेट मसौदामा राखेको छ। चीनको प्रतिरक्षा बजेट चिनियाँ जन काङ्ग्रेसद्बारा अनुमोदन गरिएको, सैनिक लेखाजोखा विभागद्बारा अनुगमन गरिएको छ।"

            अर्थतन्त्र विषय-सूची खास गरी चीनले अर्थतन्त्रलाई तेज पार्ने योजना लागु हुने अवस्था पनि यस पत्रकार सम्मेलनमा स्वदेशी तथा विदेशी सञ्चार-माध्यबाट नजर पुर्‍याइएको विषयहरुमध्येको एक हो। श्री लिले पत्रकारको प्रश्नको उत्तर दिँदै ठोस जवाफ नदिएता पनि चीनले बैकिङ संकटको सामना गर्न प्रयास गर्ने र अन्तर्राष्ट्रिय समाजसँग सहयोग गर्ने कुरामा जोड दिनुभयो। अन्तर्राष्ट्रिय समस्यासम्बन्धी चीनका विशेषज्ञ चिन छान रुङले गर्नुभएको विश्लेशणअनुसार, चीनको आर्थिक स्थान बढ्नु

            चिनियाँ जन काङ्ग्रेसको नियमित वार्षिक अधिवशेनलागयतका चीनका दुई वटा अधिवेशन ध्यान दिइनुको महत्वपूर्ण कारण भएको हो। त्यसबारे लिएर श्री चिनले भन्नुभयो: "चीनको अन्तर्राष्ट्रिय स्थान खास गरी आर्थिक स्थान बढेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार, गतवर्ष चीनले विश्व अर्थतन्त्रको वृद्धिका लागि दिएको योगदान 50 प्रतिशतभन्दा बढी भएको छ। त्यसैले चीनको स्थान विशेष गरी आर्थिक स्थान बढ्नु चीनका दुई वटा अधिवेशन ध्यान दिइनुको कारण बनेको छ ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह