फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लि चाउ सिङद्बारा पत्रकारलाई शाङ हाई विश्व एक्स्पोसम्बन्धी समाचार सङ्कलन गर्न स्वागत

(GMT+08:00) 2010-03-04 13:43:11

         चिनियाँ जन-कांग्रेस एघारौं राष्ट्रिय समितिको तेस्रो अधिवेशनका प्रवक्ता लि चाउ सिङले आज चार तारिखका दिन बोल्दै पत्रकारलाई शाङ हाई विश्व एक्स्पोसम्बन्धी समाचार सङ्कलन गर्न स्वागत गर्नुभयो।

         चिनियाँ जन-कांग्रेस एघारौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनका पहिलो पत्रकार सम्मेलन आज बिहान जन बृहद सभा भवनमा आयोजना भयो। श्री लि चाउ सिङले पत्रकारसितको अन्तर्वार्तामा बोल्दै आर्थिक तथा व्यापारिक र अन्तर्राष्ट्रिय बित्त आदि क्षेत्रको आदान-प्रदान एवम सहयोग गर्ने दिशामा शाङहाई विश्व एक्स्पोले विभिन्न मुलुक,क्षेत्र र अन्तर्राष्ट्रिय संगठनलाई एक राम्रो मौका तथा चौतारो उपलब्ध गराउने भएको कुरा बताउनुभयो।हाल विश्व एक्स्पो वागमणिको तयारी कार्य सुचारुरुपमा चलिरहेको छ। हालसम्म दुई सयभन्दा बढी मुलुकहरु,क्षेत्रहरु र अन्तर्राष्ट्रिय संगठनले उक्त विश्व एक्स्पोमा सहभागी हुन निश्चित गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह