फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार, थाइवान तथा तिब्बत तीन विषय चिन्ताजनक नभएको- जन काँग्रेसका प्रवक्ता ली चाउ सिङ

(GMT+08:00) 2010-03-04 13:44:57

         चिनियाँ राष्ट्रिय एघारौं जन काँग्रेसको तेस्रो अधिवेशनका प्रवक्ता ली चाउ सिङले आज बोल्दै व्यापार, थाइवान तथा तिब्बत तीनवटा विषय चिन्ताजनक नभएको बताउनुभएको छ।

          चिनियाँ राष्ट्रिय एघारौं जन काँग्रेसको तेस्रो अधिवेशनको पहिलो पत्रकार सम्मेलन आज विहान पैचिङ्गमा आयोजना भयो। पत्रकार सम्मेलनमा फ्रान्सेली पत्रकारले चीन तथा पश्चिमी मुलुकबीचको गलत बुझाइ रहेको र ती गलत बुझाइ मुख्यतया व्यापार, थाइवान तथा तिब्बतसम्बन्धी भएका भनेका छन्। यस्ता गलत बुझाइ चीन, पश्चिमी मुलुकलगायत सम्पूर्ण विश्वको भविष्यका लागि चिन्ताजनक भएको विचार फ्रान्सेली पत्रकारले व्यक्त गरे।

         पत्रकारलाई जवाफ दिँदै प्रवक्ता लीले भन्नुभयोः सन् 2001को डिसेम्बर एघार तारिख विश्व व्यापार संगठनमा प्रवेश भएपछि चीन यसै संगठनको एक सय त्रीचालिसौं सदस्य मुलुक बन्यो र त्यसपछि चीनको बैदेशिक व्यापार विश्व व्यापार संगठनको नियमको अक्षरशः पालना गर्दै आएको छ। तिब्बत तथा थाइवान चीनका अभिन्न भाग हुन्। चीनले गर्नुपर्ने कुरा के हो भने संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तबमोजिम, मुलुक-मुलुकबीच एकले अर्काको सम्मान गरी एकले अर्काको आन्तरिक मामिलामाथि हस्ताक्षेप नगर्नु हो। विश्व व्यापार संगठनको नियम अनुसार, व्यापार गर्दा निष्पक्ष, उचित, समान, हितयुक्त सिद्धान्तको पालना गर्नुपर्छ। यसै आधारमा ती समस्याहरुको समाधान गाह्रो छैन र ती विषयहरु चिन्ताजनक पनि हुँदैनन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह