फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनको तयारी पूरा

(GMT+08:00) 2010-03-04 13:46:27

         चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले आज बिहान पैचिङ्गमा बोल्दै एघारौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशन भोलि अर्थात् पाँच तारिख शुरु हुने र सम्पूर्ण तयारी काम पूरा भैसकेको बताउनुभएको छ।

         उहाँले भोलिको अधिवेशनको लागि तयारी बैठकमा उक्त कुरा भन्नुभएको हो।

         तयारी बैठकमा मतदानमार्फत एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनका अध्यक्ष समूह तथा महासचिवलाई निर्वाचित गरिएको साथै सोही अधिवेशनको कार्यसूचीलाई पनि पारित भए।

          पारित भएको कार्यसूचीबमोजिम, एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनमा सरकार, सर्वोच्च जनअदालत तथा महान्यायाधिवक्ता कार्यालयका कार्य प्रतिवेदन एवम् जन काँग्रेस स्थायी समितिको कार्य प्रतिवेदनको सुनुवाइ तथा लेखाजोखा गरिनेछ। यसका साथै उक्त अधिवेशनमा सन् 2010 गार्हस्थ अर्थतन्त्र तथा सामाजिक विकास योजना एवम केन्द्रीय बजेटको लेखाजोखा गरी अनुमोदन गरिने छ। यसका साथै निर्वाचन संशोधन ऐनको लेखाजोखा तथा अनुमोदन पनि गरिने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह