फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शुभकामना तथा बधाइ

(GMT+08:00) 2010-03-04 20:38:57

           सर्वप्रथम सि. आर. आई. श्रोता क्लबहरुको राष्टि्रय परिषदको कार्यवाहक अध्यक्ष टीकाराम घिमिरेको तफबाट यही मार्च 3 र 5 तारिखदेखि शुरु हुने चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको वाषिक अधिवेशन र चिनियाँ जन कांग्रेसको प्रतिनिधि सभाको सम्मेलनहरुको सफलताको लागि शुभकामना तथा बधाइ ज्ञापन गर्न चाहन्छु ।यही मार्च 3 र 5 तारिखदेखि चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको वाषिक अधिवेशन र चिनियाँ जन कांग्रेसको प्रतिनिधि सभा शुरु हुदैछन । चिनियाँ जन कांग्रेस चीनको सर्वोच्च आधिकारिक संस्था र कानून निर्माण गर्ने संस्था हो । चिनियाँ जन कांग्रेसले वैज्ञानिक तथा प्रजातान्त्रिक तवरबाट कानूनको निर्माण गर्ने क्षत्रमा हाल ठूलो प्रगति गरिएको छ । यस वर्षको जनवरीको अन्तसम्ममा चीनमा प्रभावकारी रुपमा लागू भईरहेका कानूनहरुको संख्या 231 पुगेको छ । चीनमा चीनियां विशेषतायुक्त कानून प्रणली आधारभूत रुपमा सम्पन्न् भईसकेको छ । चालुवर्ष चीनको एघारौं पञ्चवषिय योजनाको अन्तिम वर्षा भएको , निर्वाचन ऐनको संसोधित प्रस्ताव मसौदाको लेखाजोखा गरिने, चांडै आयोजना हुन लागेको शांगहाई विश्व एक्सपो आदि कारणाहरुले गर्दा पनि यी दूई सम्मेलनहरुको विशेषा महत्व छ । एघारौं चिनियाँ जन कांग्रेसको सम्सेलनमा थाइवान र मुख्यभूमि (दुई किनारा) बीचको आदनप्रदान बढाउने लगायतका विषयमा पनि छलफल हुनेछ । गतवर्षचीनको अर्थतन्त्रमा सबैभन्दा पहिले पुन:उत्थान भएको थियो र चीनको सुधार तथा खुलापन र समाजवादको आधुनिकीकरणाबाट ठूलो उपलब्धि हासिल भएको थियो । र यसवर्ष पनि अर्थतन्त्रको स्थिर तथा तिब्र विकास र आर्थिक विकासमा परिवर्तन गरि तिब्र पार्ने नीतिलाई अंगालिने नीति पारित गर्ने हुनाले यी सम्मेलनहरुको विशेष महत्व रहने कुरामा मैले विश्वास लिएको छु । अन्तमा पुन: यी दुबै सम्मेलनहरुको सफलताको लागि कामना गर्दछु ।

                                                                                                              टिकाराम घिमिरे

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह