फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन दैनिक अखवारद्वारा सम्पादकीय लेख प्रकाशित गर्दै एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशनको सफलताको शुभकामना

(GMT+08:00) 2010-03-05 10:15:04

          एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशन आज 5 तारिखका दिन पैचिङमा सुरु भयो। चीनका विभिन्न क्षेत्रबाट आएका विभिन्न जातिका जन काङ्ग्रेसका तीन हजार जति प्रतिनिधिहरुले एकै ठाउँमा भेला भएर चीनको मामिलाबारे छलफल गर्नुहुनेछ। यसका लागि जन दैनिक अखवारले सम्पादकीय प्रकाशित गर्दै शुभकामना दिएको छ।

          सम्पादकीयमा जन काङ्ग्रेसको परिपाटी चीनको वास्तविकतासित अनुकुल रहेको आधारभूत राजनैतिक प्रणाली हो र उक्त सम्मेलनको एक महत्वपूर्ण कार्यसूची नै निर्वाचन ऐनको संशोधित मसौदा पत्रको लेखाजोखा गर्नु हो भनी बताइएको छ।

          उक्त सम्पादकीयमा आधारभूत राजनैतिक परिपाटीको रुपमा रहेको यस जन काङ्ग्रेसको परिपाटीमा अडिग भएर लागिरहेको र त्यसलाई पूर्णता दिलाएको खण्डमा मात्र समाजवादी प्रजातान्त्रिक राजनैतिक क्षमतालाई अघि बढाउन सकिने कुरा औँल्याइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह