फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारको कार्य-प्रतिवेदनद्बारा सङ्कटपछिको अवधिमा चीनको विकासको "मार्गचित्र"को परिकल्पना

(GMT+08:00) 2010-03-05 13:38:03

            चीनको राष्ट्रिय सर्वोच्च अधिकारिक संस्था अर्थात चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक अधिवेशन आज पैचिङमा सुरु भएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले उक्त अधिवेशनमा लगभग तीन हजार प्रतिनिधिहरूसमक्ष सरकारको कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभयो। चीनले अन्तर्राष्ट्रिय बैकिङ सङ्कटको धक्काबाट सफलताका साथ विजय प्राप्त गरेको र चीनको अर्थतन्त्र सर्वप्रथम सुध्रँदैआएको पृष्ठभूमिमा सरकारको उक्त कार्य-प्रतिवेदनले अन्तर्राष्ट्रिय बैकिङ सङ्कटपछिको अवधिमा चीनको विकासको "मार्गचित्र"को कल्पना गरेको छ। यसका साथै उक्त कार्य-प्रतिवेदनमा आवासको मूल्य, आम्दानी, चिकित्सा आदि चिनियाँ सर्वसाधारणबाट ध्यान दिइएका प्रश्नहरूको जवाफ दिइनुका साथै समाधान गर्ने ठोस कदमहरू प्रस्तुत गरिएको छ। अब यससम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

            उक्त कार्य-प्रतिवेदनले विदेशी तथा स्वदेशी आर्थिक स्थितिअनुसार समष्टिगत सामान्जस्यतालाई सबल पार्नु र अर्थतन्त्रको स्थिर तथा छिटो विकास कायम राख्नु, आर्थिक विकासको तरीका मोड्नु र आर्थिक बनौटको सामान्जस्यतालाई गति प्रदान गर्नु, सर्वसाधारणको जीवनमा सुधार गर्नु र समाजको मेलमिलाप र स्थिरतालाई घच्घच्याउनु आदि विषयहरूलाई चालु वर्षमा चीन सरकारको मुख्य कार्यभारहरूको रुपमा राखेको छ। उक्त प्रतिवेदनमा चीन सरकारले चुनौतिको सक्रियताका साथ सामना गर्ने र समस्याको समाधान गर्ने सङ्कल्प र विश्वास अभिव्यक्त गरिएको छ।

            वास्तवमा चीन सरकार विश्वस्त हुनुको कारण गतवर्ष चीनले अन्तर्राष्ट्रिय बैकिङ सङ्कटमा परेको धक्काको सामना गरेको र ठूलो उपलब्धि हासिल गरेकोले गर्दा नै हो। "नयाँ शताव्दीदेखि यता आर्थिक तथा सामाजिक विकास सबैभन्दा अप्ठेरो भएको एक वर्ष" कहलाइएको सन् 2009मा आर्थिक बृद्धि कायम राख्ने, आर्थिक बनौटलाई सामान्जस्य गर्ने, सुधारलाई घच्घच्याउने र सर्वसाधारणलाई लाभ पुर्‍याउने एकमुष्ठ योजनाहरू तथा कदमहरूको चीन सरकारले तर्जुमा र सुधार गरेको कारणले गर्दा अन्तर्राष्ट्रिय बैकिङ सङ्कटको धक्काको सक्रियताका साथ सामना गरेको थियो। विश्व अर्थतन्त्र ह्रास भएको पृष्ठभूमिमा चीनको अर्थतन्त्रको बृद्धिदर "आठ प्रतिशत कायम हुने" लक्ष्य सफलताका साथ पूरा हुनुका साथै आर्थिक बृद्धिगति अनुमानभन्दा बढी भएको थियो। गतवर्षको सुरुमा सरकारको कार्य-प्रतिवेदनमा निश्चित गरिएको विभिन्न लक्ष्य आधारभूत रुपमा साकार भइसकेको छ। चीनको अर्थतन्त्रको द्रुत बृद्धि विश्व अर्थतन्त्रको पुनरुत्थानलाई बढाउने शक्तिशाली इन्जिन बनेको थियो।

            धेरै अनिश्चित कारक-तत्व र कठिनाइ भएता पनि चालुवर्षको आर्थिक विकासप्रति चीन सरकार विश्वस्त भएको छ। र चीन सरकारले स्पष्ट लक्ष्य निश्चित गरेको छ। चालु वर्षमा चीन सरकारको लक्ष्य यस प्रकार छन:चीनको कूल गार्हस्थ उत्पादनमा 8 प्रतिशत बृद्धि हुने, शहर तथा बस्तीमा दर्ता गरिने वेरोजगारी दर 4.6 प्रतिशतभित्र नियन्त्रण गरिने, बासिन्दाको उपभोग वस्तुको भाउको बृद्धि दर 3 प्रतिशत नियन्त्रण गरिने छ। ती लक्ष्यहरूबारे लिएर चीनका प्रधानमन्त्री वन च्या पाउले भन्नुभयो:

            "चीनको कूल गार्हस्थ उत्पादनमा 8 प्रतिशत बृद्धि हुने लक्ष्य साकार तुल्याउनका लागि चीनले आर्थिक विकासको तरीका मोड्ने र आर्थिक बनौटालाई सामान्जस्यता गर्न निर्देशन गर्नुपर्नेछ।"

            आर्थिक विकाससम्बन्धी लक्ष्यहरूलाई साकार तुल्याउनका लागि चीनका प्रधानमन्त्री वन च्या पाउले कार्य-प्रतिवेदनमा श्रृङ्खलाबद्ध कदमहरू प्रस्तुत गर्नुभयो। ती कदमहरू यस प्रकार छन्:सकारात्मक बित्तीय नीति र खुकुलो मुद्रा नीति लागु गर्ने, बासिन्दाको उपभोग्य आवश्यकतालाई विस्तार गर्ने, आर्थिक विकासको तरीका मोड्न गति प्रदान गर्ने, आर्थिक बनौटलाई सामान्जस्य गर्ने, क्षेत्रीय अर्थतन्त्रको समन्वय विकासलाई घच्घच्याउने, शहर तथा बस्ती र नयाँ ग्रामीण क्षेत्रको निर्माणलाई मिलाउने छ।

            अन्तर्देशीय पूँजी आउने जाने परिस्थितिको प्रभावकारी रुपमा अनुगमन गर्नुपर्छ, विभिन्न प्रकारको बैङ्किङ खतराको प्रतिरोध गर्नुपर्छ, आर.एम.बी विनिमय दरको गठित व्यवस्थामा निरन्तर रुपमा पूर्णता दिलाउनुपर्छ, समुचित एवम सन्तुलित स्तरमा आर.एम.बीको विनिमय दरको आधारभूत स्थिरतालाई जारी राख्नुपर्छ।

            अर्थतन्त्रको स्थिर तथा तिब्र विकासलाई प्रत्याभूति दिनुका साथै चीन सरकारले नागरिकको जीवनमा सुधार गर्न प्रयास गरेको छ। मानव जातिको हक-हितलाई केन्द्रीय स्थानमा राख्ने तथा नागरिकको जीवनलाई ख्याल विचार गर्ने प्रशासनको निरन्तरता भएको छ। यसका साथै चालुवर्षको सरकारी कार्य प्रतिवेदनमा नागरिकहरूले ठूलो ध्यान दिएका विषयहरूको स्पष्टसँग जवाफ दिइएको छ।

            हाल चीनका धेरै वटा ठूला वेभसाइटद्वारा गरिएको सर्भेक्षणका अनुसार, चिनियाँ नागरिकहरूले सबैभन्दा बढी ध्यान दिएको विषय आबास हो। गतवर्ष चीनको घरको भाउ तीब्र गतिले बढेको छ। चिनियाँ नागरिकहरूले घरको भाउलाई समुचित पार्न कदम चाल्नसक्ने आशा चीन सरकारमाथि गरेका छन्। यो आवाज सुनेपछि चीन सरकारको प्रतिक्रिया आएको छ। घर जग्गा व्यवसाय बजारको स्थिर तथा स्वस्थ विकास अघि बढाइनुलाई एउटा महत्वपूर्ण कार्य जिम्मेवारीको रुपमा चालुवर्षको सरकारी कार्य प्रतिवेदनमा लेखिएको छ। यसबारे चर्चा गर्दै प्रधानमन्त्री वन च्या पाउले भन्नुभयो,

            केही शहरमा घरको भाउ अति छिटो बढेको प्रवृत्तिलाई दृढताका साथ रोक्नुपर्छ र सर्वसाधारणको बसोबास गर्ने माग पूरा गर्नुपर्छ। पहिलो कुरा भनेको कम आम्दानी भएकाहरूका लागि आबास निर्माणसम्बन्धी परियोजनाको ठूलो पैमानामा लागु गर्नु। दोस्रो कुरा, बासिन्दाहरू बस्नका लागि घर किन्ने खपतको निरन्तर रुपमा समर्थन दिनु। तेस्रो, आकस्मिक लाभ प्राप्त गर्नखोज्ने अवस्थालाई रोकथाम गर्नु। र चौथो, घर जग्गा व्यवसायको अनुशासनलाई व्यवस्थित पार्नु।

            आबाससम्बन्धी समस्याको समाधान गर्न प्रयास गर्नुका साथै घरायसी दर्ता व्यवस्थाको सुधार, रोजगारीको विस्तार, सामाजिक सुनिश्चितता प्रणालीमा पूर्णता दिलाउनु, आयको वितरण व्यवस्थाको सुधार, चिकित्सा तथा स्वास्थ्य कार्यको सुधार, शिक्षा-दीक्षा कार्यको विकासलगायत सर्वसाधारणद्वारा ध्यान दिइएका चर्चित विषयहरूलाई सरकारी कार्य प्रतिवेदनको प्राथमिक स्थानमा राखिएर ती समस्याहरूको समाधान गर्ने ठोस कदम प्रस्तुत गरिएको छ।

            अर्थतन्त्र तथा समाजको स्थिर तथा स्वस्थ विकासलाई प्रत्याभूति दिनका लागि प्रधानमन्त्री वन च्या पाउले चालुवर्षको कार्य प्रतिवेदनमा सुधार तथा खुलापनलाई निरन्तर रुपमा अघि बढाउने, साँस्कृतिक निर्माणलाई सबल पार्ने, भ्रष्टाचारबिरोधी कार्यलाई प्रबल गर्ने, जनताको प्रजातान्त्रिक अधिकारलाई वास्तविक रुपमा प्रत्याभूति दिने कुरा प्रस्तुत गर्नुभयो।

            भ्रष्टाचारको प्रतिरोध तथा कर्तव्यनिष्ठ कार्यको प्रचार-प्रसारको निर्माणलाई महत्वपूर्ण स्थानमा राखिनुपर्छ। प्रशासनिक अधिकारको अनुगमनलाई सबल पार्नुपर्छ।

            चालुवर्षको सरकारी कार्य प्रतिवेदनमा श्री वन च्या पाउले हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्र तथा थाइवानप्रति चीन सरकारको आधारभूत नीति दोहोर्‍याउनुभएको छ।

            कुटनीतिक कार्यबारे चर्चा गर्दै प्रधानमन्त्री वन च्या पाउले चीनले स्वतन्त्र शान्तिपूर्ण नीतिमा डटिरहने, शान्तिपूर्ण विकासको बाटोमा लागिरहने, आपसी हितयुक्त तथा संयुक्त विजययुक्त खुला रणनीतिको अवलम्बन गर्ने, स्थायी शान्ति तथा साझा समृद्धि हुने मेलमिलापयुक्त संसारको निर्माण गर्न प्रयास गर्ने कुरा व्यक्त गर्नुभयो।

            यस पटकको अधिवेदनको कार्य-सूचीअनुसार, साढे नौ दिन चल्ने अधिवेशनको अवधिमा चीनका विभिन्न क्षेत्र तथा विभिन्न व्यवसायका प्रतिनिधिहरूले सरकारी कार्य प्रतिवेदनमाथि लेखाजोखा गरी त्यसप्रति मत हाल्नुहुनेछ। जसबाट चालुवर्ष चीनको आर्थिक तथा सामाजिक विकाससम्बन्धी विचार तथा नीति तय गर्न सकिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह