फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक अधिवेशन पैचिङमा उद्घाटन

(GMT+08:00) 2010-03-05 12:32:41

          चीनको एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशन आज बिहान पैचिङमा उद्घाटन भयो। चीनका प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य प्रतिबेदनमा औंल्याउनुभयो, चालुवर्ष चीन सरकारले समग्र सामन्जस्य राम्रोसँग गर्ने, अर्थतन्त्रको स्थिर तथा तीब्र विकास कायम राख्ने, आर्थिक विकासको तरिका परिणत गर्न तथा आर्थिक बनौट तारतम्य मिलाउन गतिशील तुल्याउने, सुधार तथा खुलापन र स्वतन्त्र आविस्कारलाई अघि बढाउने, नागरिकको जीवनयापनमा सुधार गर्न तथा सामाजिक मेलमिलाप तथा स्थिरताका लागि प्रयास गर्नेछ।

          सो कार्य प्रतिवेदनअनुसार, सन् 2009 नयाँ शताव्दीदेखि चीनको अर्थतन्त्र सबैभन्दा कठिन भएको एकवर्ष थियो। यसो भए तापनि चीनले विश्वमा सर्वप्रथम स्वदेशको अर्थतन्त्रको पुन:रुत्थान गरेको छ। चालुवर्ष चीनले अन्तर्राष्ट्रिय बैंकिङ सङ्कटको सामना गर्ने, अर्थतन्त्रको स्थिर तथा तीब्र विकासलाई कायम राख्ने तथा गतिशील रुपमा आर्थिक विकासको तरिका परिवर्तन गर्ने एउटा निर्णायक वर्ष हो।

          सो कार्य प्रतिवेदनमा सन् 2010 मा चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्राको बृद्धिदर करिब आठ प्रतिशत हुने लक्ष्य बनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह