फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सन् 2010 मा 8 प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

(GMT+08:00) 2010-03-05 13:40:40

           चीनका प्रधानमन्त्री वन च्या पाउले आज एघारौँ राष्ट्रिय जन कङ्ग्रेसको तेस्रो अधिवेशन जन वृहत सभामा उद्घाटन गर्नुभयो।उहाँले गतवर्षको आर्थिक समीक्षा गर्नुका साथै चालुवर्षका लागि आर्थिक कार्य प्रतिवेदन पनि पेश गर्नुभयो।प्रधानमन्त्री पाउले आज शुक्रवारको वार्षिक जनप्रतिनिधि सभामा सन् 2010 मा हुने आर्थिक वृद्धिदर आठ प्रतिशतको हाराहारीमा रहने कुरा व्यक्त गर्नुभयो ।

           उहाँले सन् 2010 आर्थिक सुधारका लागि ज्यादै महत्वपूर्ण तर जटिल वर्ष रहने भनी जोड दिनुभयो। उहाँले आर्थिक विकासको गुणस्तर सुनिश्चित गर्नको लागि आर्थिक विकास र ढाँचाको समायोजन र परिवर्तनमा ध्यान केन्द्रित गर्नु पर्ने बताउनुभयो।

           उहाँले उपभोक्ता मूल्य सूची र देशको मूद्रास्फिति तीन प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य पनि प्रस्तुत गर्नुभयो। हालको विकासको वातावरण सन् 2009को तुलनामा निकै राम्रो भएको तथापि जटिल परिस्थिति कायमै रहेको पनि प्रधानमन्त्री पाउले उक्त समारोहमा स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह